Nepal Times
Nepal Times
3
Shares

रोहित पौडेल पहिलो ऐतिहासक शतक बनाउनबाट चुके

रोहित पौडेल पहिलो ऐतिहासक शतक बनाउनबाट चुके

२१ मंसिर , काठमाण्डौ।

नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेका एनपिएलमा लुम्बिनी लायन्सका समेत कप्तान रहेका रोहित पौडेल पहिलो ऐतिहासिक शतक बनाउनबाट चुकेका छन् । धमाकेदार ब्याटिङ गरेका रोहित मात्र ५ रनले एनपिएलको पहिलो शतक बनाउनबाट चुकेका छन् ।

रोहितको ९५ रनको योगदानमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पु¥याएका हुन् ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए । पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। जारी एनपिएलमा यो स्कोर व्यक्तिगत उच्च स्कोर हो।

रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे। त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए।

आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।

पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए। प्रतियोगितामा पोखराले दुवै खेल हार्दा लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो।

त्यसैले दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा पहिलो अर्धशतक भने मार्टिन गप्टिल (विराटनगर किंग्स)का नाममा रहेको छ । उनले जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमा ३६ बलमा अर्धशतक प्रहार गर्दै एनपिएलको पहिलो अर्धशतक बनाएका थिए।

यस्तै शिखर धवन (कर्णाली याक्स) उनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा अविजित ७२ रन बनाएका थिए। रवि बोपारा (चितवन राइनोज), उनले कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए।

ब्राण्डन टेलर (सुदूरपश्चिम रोयल्स), उनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। मोहम्मद रिजवान (जनकपुर बोल्ट्स), उनले विराटनगर किंग्सविरुद्धको खेलमा ५५ रन बनाएका थिए।

डेभिड मलान (काठमाडौं गुर्खाज), उनले कर्णाली याक्सविरुद्धको खेलमा ५८ रन बनाएका थिए। एन्डी बालबर्नी (पोखरा एभेन्जर्स), उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ५२ रन बनाएका थिए। कुशल मल्ल (चितवन राइनोज), उनले कर्णाली याक्सविरुद्धको खेलमा ५१ रन बनाएका थिए।

दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स), उनले विराटनगर किंग्सविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। विराटनगरका लागि लोकेश बमले लुमिबनी विरुद्ध ७१ रन बनाएका थिए । यस्तै आजकै पहिलो खेलमा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५९ रन बनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.