×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

अमेरिकी गौसले एनपिएलमा हाने पहिलो शतक

२१ मंसिर २०८१

२१ मंसिर , काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपिएल) लगातार २ खेलमा पराजय भोगेको पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । त्यो पनि पहिलो ऐतिहासिक शतक र पहिलो १० विकेटको विजयमार्फत । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

Advertisement
Advertisement

जारी एनपिएलमा १० विकेटको जित अहिलेसम्म कुनैपनि टोलीले हासिल गर्न सकेका थिएनन् । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा ग¥यो ।

विकेटको आधारमा यो जारी एनपिएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे। गौसले नटआउट १०४ रन र दिनेशले नटआउट ६१ रन जोडे।

गौसले एपिएलकै छिटो अर्धशतक पूरा गरे । उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। यो एनपिएलको पहिलो शतक हो। गौसले ५५ बलमा १२ चौका र ५ छक्का तथा दिनेशले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

एनपिएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो।

खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। उनी मात्र ५ रनका कारण पहिलो शतक बनाउनबाट चुके । रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए।

जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे। त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए।

आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए।उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।

सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए। पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।

अब एनपिएलमा भोलि लुम्बिनी र सुदूर पश्चिम तथा कर्णाली र विराटनगर भिड्ने छन् । आजको पहिलो खेलमा कर्णालीले चितवनविरुद्ध पहिलो जित दर्ता गरेको थियो ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top