×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रवि अपराधी होइनन् आरोपी हुन्, बाबुरामले काँध थापे

२१ मंसिर २०८१

२१ मंसिर , विराटनगर।

सहकारी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएपछि सरकारको रविप्रतिको दृष्टिकोणलाई लिएर प्रश्न उठेको छ ।

Advertisement
Advertisement

रवि पक्राउ परेदेखि नै रास्वपाले राजनीतिक प्रतिशोध भनिरहेकामा अब रास्वपाबाहिरका राजनीतिज्ञहरुले समेत यसलाई राजनीतिक प्रतिशोध र रविलाई दुःख दिने नियतका रुपमा टिप्पणी गरेका छन् ।

पछिल्लो पटक चितवनबाट रविलाई रातारात पोखरा लगिएको घटनापछि पूर्वप्रधानमन्त्री नै कास्की हिरासतमा पुगेर रविप्रति ऐक्यवद्धता जनाएका छन् । रविमाथि सहकारी प्रकरणमा अनुसन्धान चलिरहेको अवस्थामा हिरासत कक्षमै पुगेर ऐक्यवद्धता जनाउने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नै पहिलो उच्च राजनीतिक ब्यक्तित्व हुन् ।

यस्तै रविलाई रातारात चितवनबाट कास्की पुर्याइएको घटनाप्रति उनको दल रास्वपाले समेत घोर आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेका बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा लगिएको जनाएको हो।

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

यो घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो ।

यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ ।

यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । रवि लामिछाने कसुरदार नभई एक आरोपित भएको भन्दै सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरेको छ ।

’जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ । ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं ।

अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट सुक्ष्म रुपमा नियालीरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको थप स्पष्ट बनाएको रास्वपाको ठहर छ ।

‘सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ । तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

रविमाथि पछिल्लो पटक अनुसन्धानमा लागि थपिएको १५ दिनको समय आज सकिएको छ । अब आइतबार उनलाई म्याद थपका लागि पुनः प्रहरीले कास्की अदालत लैजाने छ । पर्सामा समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएकाले म्याद थप गरेर रविलाई प्रहरीले पर्सा लैजाने छ ।

आज मात्रै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरिएको बताएका थिए । शुक्रवार लामिछानेलाई भेट्न हिरासतमा पुगेका उनले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए । उनले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए ।

सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्नै बताउदै रविमाथि राज्यले प्रतिशोध साँधेर सहकारीको वचत अपचलनको विषयलाई विषयान्तर गरिरहेको समेत बताए ।

उनले तीन टाउकाले नै जनतालाई ठग्ने र प्रतिस्पर्धीलाई तर्सादै देशलाई बर्बादीतर्फ लैजाने चिन्ता ब्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सहकारीको वचत तीन दलका तीन शीर्ष नेताकै वरिपरि अपचलन भएको दाबी समेत गरेका छन् ।

रविले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेपनि आफूलाई दुःख दिने काम भएको बताएको भट्टराईले बताएका छन् । उनले भनेका छन्, जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ ।

योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो । उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । सहकारी सम्बन्धि समस्या छ त्यसको जरो धेरै फैलिएको छ ।

सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरुकै वरिपरी बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना वचत कर्ताहरु मर्कामा परेका छन् ।

कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ । उनीहरुको समस्या समाधान गर्नुपर्छ ।’

यही प्रकरणमा चर्चित अग्रज पत्रकार विजयकुमार पाण्डेले समेत प्रधानमन्त्री र गृहमन्त्रीलाई सामाजिक संजालबाट प्रश्न सोधेका छन् । उनले लेखेका छन्, हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।

आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न । मलाई लाग्छ– सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष–बिपक्ष , दोषी –निर्दोष हौ । कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ । उनले थप भनेका छन् प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले – जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..

रविलाई बाबुरामले जनाएको ऐक्यवद्धतालाई भने विभिन्न कोणबाट हेरिएको छ । यही ऐक्यवद्धतापछि लामिछाने र डा. भट्टराई बीचको व्यक्तिगत र राजनीतिक सम्बन्ध अहिले नेपाली राजनीतिक परिदृश्यमा चासोको विषय बनेको छ।

यी दुईले भिन्न पृष्ठभूमिबाट राजनीति सुरु गरे पनि, उनीहरूबीच केही समानता पनि देखिन्छन् । दुवैले वैकल्पिक राजनीति गर्ने र पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीति स्थापित गर्ने प्रयास गरेका छन्।

भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीमार्फत नेपाली राजनीतिमा सुधारको एजेन्डा अघि बढाएका थिए भने रविले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै भ्रष्टाचारविरोधी, सुशासन र सुधारवादी नीति अँगालेका छन्।

यसैले बाबुरामले आज भनेजस्तै उनीहरु एकअर्काप्रति सम्मान प्रकट गर्ने गर्दछन् । भट्टराईको पृष्ठभूमि विद्रोही माओवादी आन्दोलन र प्रजातान्त्रिक प्रणालीमा आधारित छ भने रविको राजनीतिक यात्रा पत्रकारिता बाट सुरु भएको छ ।

जतिबेला रबि सहकारीको अपचलनको गम्भिर आरोपमा अनुसन्धानमा तानिएका छन् यस्तो बेला डा. भट्टराईले उनी प्रति हिरासतमा पुगेर ऐक्यवद्धता प्रकट गर्नुको पछाडि विभिन्न संभावनालाई आधार मानेर हेर्न सकिन्छ ।

बाबुरामले यस कदमलाई लोकतान्त्रिक प्रणालीमा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको पक्षमा रहेको संकेतको रूपमा प्रस्तुत गर्न चाहेका हुन सक्छन्। उनले हिरासतमा रहेका व्यक्तिलाई राजनीतिक मुद्दा र व्यक्तिगत न्यायको दृष्टिकोणबाट हेरेको हुन सक्छ।

अर्काेतर्फ उनले यो कदमबाट आफू वैकल्पिक शक्तिहरूबीच सहकार्यको पक्षधर रहेको र पुराना राजनीतिक संरचनाविरुद्ध साझा मुद्दामा ऐक्यवद्धता कायम गर्न तयार रहेको संकेत दिन चाहेको पनि हुन सक्छ।

साथै रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले युवामाझ लोकप्रियता पाएको छ। बाबुरामले वैकल्पिक राजनीतिक ध्रुवलाई बलियो बनाउन यो कदम उठाएको हुन सक्ने समेत विश्लेषण गरिन्छ । केहीले भने भट्टराईले आफ्नो पुरानो राजनीतिक प्रभाव घटिरहेको महसुस गर्दै नयाँ पुस्तासँग सहकार्य गर्न यो कदमलाई रणनीतिक रूपमा उपयोग गर्न चाहेको हुन सक्ने समेत टिप्पणी गरेका छन् ।

बाबुरामको यो कदमले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना बढाउन सक्ने समेत विश्लेषण गरिएको छ । भट्टराईको रवि प्रति ऐक्यवद्धता प्रकट गर्ने कदमलाई विधिको शासन, राजनीतिक, नैतिक र रणनीतिक रूपमा अर्थपूर्ण मान्न सकिन्छ।

Advertisement

यो कदमले पुराना र नयाँ वैकल्पिक शक्तिहरूलाई एकसाथ ल्याउने प्रयासको संकेत दिन सक्छ, जसले नेपाली राजनीतिक भविष्यमा महत्वपूर्ण प्रभाव पार्नसक्छ। यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top