एनपिएलमा कुन टिमले कति खेल खेले ?को छ अगाडि ?

२० मंसिर ८१, शुक्रबार

२१ मंसिर , काठमाण्डौ।

नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ ।

यस्तो अवस्थामा नेपालमा पहिलो पटक सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) ले थप चर्चा बटुलिरहेको छ । स्वदेशी र विदेशी खेलाडीहरुको जमघटले पहिलो ऐतिहासिक एनपिएलको सगरमाथाको ढुंगासहितको ट्रफी कसले उचाल्ला भन्ने कौतुहलता जारी छ।

Advertisement

यसको अहिले नै पूर्वआंकलन गर्नु नितान्त अनुमान मात्रै हुनेछ । तर विहानीले दिनको संकेत गर्छ भने झै ६ औं दिनसम्म १३ औं खेल सकिदासम्म फ्रेन्चाइज टिमहरुको प्रर्दशनले सामान्य आकलन सुरु भइसकेको छ ।

यद्यपि यसको अन्तिम नतिजाका लागि पुस ६ गतेसम्म कुर्नुपर्नेछ । अहिलेसम्मका खेलमा ३ खेलमा ३ जित हासिल गर्दै ६ अंकका साथ जनकपुर बोल्ट शीर्ष स्थानमा रहेको छ । यस्तै २ खेल खेलेको सुदूरपश्चिम रोयल्स २ खेलमै जितसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

सुदूर नेटरनरेटका आधारमा समान अंक रहेको चितवन भन्दा अगाडि रहेको छ । यस्तै चितवन राइनोज ३ खेलमा २ जित हात र एक हारसहित तेस्रो स्थानमा रहेको छ । एनपिएलको चौथो स्थानमा भने कर्णाली याक्स रहेको छ ।

एक जित र २ हारका साथ नेट रनरेटका आधारमा कर्णाली चौथो स्थानमा छ । यस्तै ३ खेलमा एक जित २ हारका साथ पोखरा एभेन्जर्स पाँचौ स्थानमा रहेको छ । यस्तै ३ खेल खेलेर एक जित र २ हार व्यवहोरेको काठमाडौं गुर्खाज छौठौ स्थानमा रहेको छ ।

सातौ र आठौं स्थानमा क्रमश विराटनगर किंग्स र लुम्बिनी रहेका छन् । विराटनगरले अहिलेसम्म ३ खेल खेलेकामा एकमा मात्रै जित हासिल गरेको छ । अन्य टिमले पनि ३ खेलमा एकमात्रै जित हासिल गरेपनि विराटनगर रनरेटका आधारमा सातौ स्थानमा रहेको छ ।

तालिकाको आठौं स्थानमा भने नेपाली राष्ट्रिय टिमका कप्तान रोहितले कप्तानी गरेको लुम्बिनी लायन्स रहेको छ जसले २ खेलमा २ हार व्यहोरेको छ। कप्तान रोहितले आजको खेलमा पोखराविरुद्ध ९५ रनको शानदार प्रर्दशन गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।

उल्टै लुम्बिनी १० विकेटले पराजित भएको छ । यसअघि पहिलो खेलमा एनपिएलकै सर्वाधिक उच्च स्कोर बनाएपनि विराटनगरले २ विकेटले पराजित गरेको थियो । अब भोलि मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी र सुदूर पश्चिम तथा अर्काे खेलमा १.१५ बजे – कर्णाली र विराटनगरबीच खेल हुनेछ ।

यी खेलको नतिजाले अंकतालिका उलटफेर हुनेछ । पुस ३ गतेदेखि भने उपाधि होड सुरु हुने छ । पुस ३ गते तेस्रो स्थान भर्सेस चौथो स्थानबीच (एलिमिनेटर) खेल हुनेछ भने सोही दिन पहिलो स्थान भर्सेस दोस्रो स्थानको पहिलो क्वालिफायर हुने छ ।

पुस ४ गते एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)को खेल हुनेछ भने पुस ६ गते दिउसो १२.१५ बजे फाइनल अर्थात पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेताबीच खेल हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top