त्रिशूलीमा ग्यास बुलेट खस्यो, चालक–सहचालक खोज्दै गोताखोर

२२ मंसिर ८१, आइतबार

२३ मंसिर, काठमाण्डौ।

चितवनबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ कृष्णभिरबाट त्रिशूली नदीमा खसेको छ । सो बुलेटका चालक र सहचालको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

अहिलेसम्म बुलेटमा रहेका चालक तथा सहचालकको अवस्था थाहा हुन सकेको छैन । बुलेट दुर्घटना स्थल वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

श्रीराम ग्यास बोकेको एनएल ०२ एल ३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खसेको हो । सडकबाट तल खसेको बुलेटको अगाडिको भाग भीरमा अड्किएको छ । उता आजै दिउँसो बाजुराको मार्तडीमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१– ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १ घर भएकी ३१ वर्षीया गायत्री भट्ट र राधिका भट्टको अवस्था गम्भीर रहेको डीएसपी गिरीले जानकारी दिए । राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन् ।

यस्तै चालक मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन् । धामी बाजुराकै गौमूलका हुन् । भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरको दर्शन गरेर फर्किँदै गरको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूलाई उपचारको लागि बाजुरा जिल्ला अस्पताल लगिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top