×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

प्रहरीले १३ दिन माग्यो अदालतले ४ दिन दियो

२३ मंसिर २०८१

२३ मंसिर, एजेन्सी ।

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्छिल्लो पटक थपिएको १५ दिनको समय शुक्रबार सकिएपछि आज म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइएको थियो ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो। प्रहरीले रविलाई अनुसन्धानका लागि थप १३ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय दिएको हो ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार रविलाई थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको म्याद दिइएको हो । कात्तिक २ गतेदेखि लामिछाने ५१ दिनदेखि हिरासतमा छन्।

यसबीचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ। अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी छ ।

वीरगञ्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो ।

सहकारीले ऐन विपरीत कार्यक्षेत्र बाहिरका व्यक्तिलाई ऋण प्रवाह गरी करिब ९२ करोड रुपैयाँ अपचलन गरेको आरोप छ। प्रहरीको अनुसन्धान अनुसार सहकारीका सञ्चालक समूहले नेचर हब इन्टरनेसनल, नेचर नेष्ट प्रालि, स्प्रिङ वुड रियल स्टेटलगायत कम्पनीहरूलाई ठूलो रकम कर्जा प्रवाह गरेको छ ।

सहकारीका पूर्वसंरक्षक जीबी राईसहित छविलाल जोशी, तिर्थराज लामिछाने, विमला पौडेललगायतका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ। रवि लामिछानेमाथि सहकारीको रकम आफ्नो स्वामित्वमा रहेको गोर्खा मिडियामा लगानी गरिएको आरोप छ ।

चेक अपचलन, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको र गोर्खा मिडियाको सञ्चालक भएकै कारण लामिछानेलाई अनावश्यक रूपमा फसाउन खोजिएको रास्वपाले आरोप लगाएको छ ।

पर्सा प्रहरीका अनुसार सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ । गत वर्ष नै दायर मुद्दामा संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान पुनः सुरु भएको हो ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बढीमा पुस ६ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। लामिछानेसँगै पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि हिरासतमा छन्।

उनीहरु दुवैविरुद्ध एकैसाथ अदालतमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । पछिल्लो समय रविलाई चितवनबाट कास्की ल्याउदा मध्यरातमा अमानवीय व्यवहार गरिएको भन्दै उनले यसको छानविनका लागि मानवअधिकारवादी गुहारेका छन् ।

उनको दल रास्वपाले समेत राष्ट्रिय मानवअधिकार आयोगमा जाहेरी दिँदै रविमाथि भएको घटनाको छानविनको माग गरेको छ । यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top