२३ मंसिर, काठमाण्डौ।
अर्बपति व्यापारी डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रपतिको चुनाव जितेर इतिहास रचेका छन् । आगामी महिना उनले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिनेछन् । आफ्नो दोस्रो कार्यकालका लागि ट्रम्पले आफ्नो टीमको तयारी पनि सुरु गरिसकेका छन् ।
उनले आफ्नो टीममा अहिलेसम्म जति नाम सामेल गरेका छन् तिनमा १३ जना त अर्बपति नै रहेका छन् । जो अब ट्रम्पको सरकारमा रहेर अलग अलग भूमिका निभाउनेछन् । ट्रम्पको टीममा यतिका अर्बपतिहरु सहभागि भएपछि विपक्षीहरुले भने नयाँ सरकारलाई अर्बपतिहरुको सरकार भन्दै कटाक्ष गर्न थालेका छन् ।
ट्रम्पको टीममा विश्वका सबैभन्दा धनी व्यापारी एलन मस्क सामेल छन् । उनकासाथै ट्रेजरी सचिव स्कट बेसेन्ट, व्यापार सचिव हावर्ड लुटनिक, शिक्षा सचिव लिन्डा म्याकमोहन र इंटीरियर सचिव डौग बर्गम पनि सहभागी छन् ।
यी नामहरुका अलावा नासाको नेतृत्व जेरेड इराकम्यानले गर्नेछन् । यस्तै साना व्यवसाय प्रशासन विभागको कार्यभार केली लियोफ्लरले सम्हाल्नेछन् । यी ती अर्वपतिहरुको नाम हो जो अब सिधै ट्रम्प टीममा सहभागी हुनेछन् ।
ट्रम्पको टीमको अलावा कयौं अर्वपति यस्ता पनि छन्, जसलाई क्याबिनेटबाहिरको प्रशासनका अन्य महत्वपूर्ण भूमिकाहरुका लागि चुनिएको छ । हालै ट्रम्पले घोषणा गरेका थिए कि टेक्नोलोजी इन्भेस्टर डेभिड स्याक्सले एआई र क्रिप्टो करेन्सीमा प्रशासनलाई मार्ग निर्देशन गर्नेछन् ।
यसका साथै ट्रम्पले आफ्ना ज्वाइ जेरेड कुशनरका पिता जो उनका साथी पनि हुन् चाल्र्स कुशनरलाई पनि फ्रान्सका लागि अमेरिकी राजदूतको भूमिकाका लागि चुनेका छन् । यसमा मसाद बौलोसको नाम पनि छ ।
यी ठूला नामका अलाबा ट्रम्पको टीममा विवेक रामास्वामीको नाम पनि छ जो मस्कका साथ मिलेर नयाँ बनेको सरकारी दक्षता विभागको नेतृत्वमा रहनेछन् । यसअघि यदि अमेरिकाको सबैभन्दा धनी सरकारको कुरा गर्नुपर्दा त्यो पनि ट्रम्पकै पहिलो कार्यकालको थियो ।
आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले आफ्नै रेकर्ड अर्बौ डलर अन्तर्गत तोड्न गइरहेका हुन् । ट्रम्पको यो धनी क्याविनेटमाथि डेमोक्रेटिक समर्थकले लगायतार अर्बपतिहरुको सरकार भएको भन्दै कटाक्ष गरिरहेका छन् ।
यद्यपि, ट्रम्पले यो दाबीलाई खारेज पनि गर्दै आएका छन् । ट्रम्पको भनाइ छ कि उनीहरु सम्पत्तिका आधारमा होइन प्रतिभाका आधारमा आफ्नो क्याबिनेटमा सहभागी भएका हुन् । रिपोर्टका अनुसार ट्रम्पको क्याबिनेटबाट यदी एलन मस्क र विवेक रामास्वामी जस्ता मानिसहरुलाई निकाल्ने हो भने त्यो बेला पनि उनको सम्पत्ति वर्तमान बाइडेन प्रशासनको भन्दा धेरै हुनेछ ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको तयारीस्वरूप नयाँ मन्त्रिपरिषद्का लागि विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट)मा फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई नियुक्त गरेका छन् । उनी चीन, क्युबा र इरानप्रति कडा धारणा राख्ने नेताका रूपमा परिचित छन्।
यस्तै रक्षा मन्त्री (सेक्रेटरी अफ डिफेन्स)मा फक्स न्यूजका एंकर पीट हेगसेथलाई यो जिम्मेवारी दिइएको छ। उनले इराक र अफगानिस्तानमा सेवा गरेका छन्। स्वास्थ्य तथा मानव सेवा मन्त्री (सेक्रेटरी अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस)मा खोपविरोधी धारणा राख्ने र डेमोक्र्याटिक आइकन रोबर्ट कैनेडीका छोरा रोबर्ट एफ. कैनेडी जुनियरलाई यो पदमा नियुक्त गरिएको छ।