सुदूरपश्चिमको एनपिएलमा पहिलो हार, प्लेअफमा धक्का

२२ मंसिर ८१, आइतबार

२३ मंसिर, काठमाण्डौ ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो हार बेहोरेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमै समेटियो ।

सुदूरपश्चिम रोयल्सले यसअघिका तीन खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । अर्कोतर्फ कुशल मल्लको कप्तानीमा रहेको चितवन भने कर्णाली याक्ससँग ६ विकेटले पराजित भए पछि पुनरागमन गर्न सफल भएको हो ।

चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको थियो । आजको दोस्रो खेलमा सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

उनी अमरसिंह राउटेलाको बलमा आउट भए । सेफ जेबले ११ बलमा १८ रन जोडे । विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले ८ बलमा १० रन जोडे । चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन, अमरसिंह राउटेलाले समान २ तथा रिजन ढकाल र रञ्जित कुमालले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे ।

उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हसन स्कट कुगेलेनको बलमा नरेश बुढाऐबाट क्याच आउट भए । रवि बोपारा १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदै दिपेन्द्र सिंह ऐरीबाट अन्तिम ओभरमा आउट भए ।

कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोड्दै कुगेलेनको बलमा नै आउट भए । विकेटकिपर विपिन रावल सेब जेबको बलमा १७ रन जोडेर आउट भए । सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ तथा सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १ विकेट लिए ।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो । जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो। अब भोलि सोमवार लिगमा कुनै खेल रहेको छैन ।

यसबीच एनपिएलको प्लेअफमा पुग्ने पहिलो टिम जनकपुर बोल्ट्स बनेको छ । लगातार चार जित हात पार्दै अंकतालिकामा ८ अंक जोडेर उसले प्लेअफमा स्थापन पक्का गरेको हो । आज जित हासिल गरेको भए सुदूरपनि ८ अंकसहित प्लेअफ पुग्ने थियो ।

तर आजको हारले सुदूरको प्लेअफको समय लम्बिएको छ । जारी लिगमा ८ अंक बनाउन सक्ने टिम जनकपुरपछि बाँकी तीन टिम मात्र रहनेछन् । त्यो तीन स्थानका लागि सुदूरपश्चिम, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसमध्ये सुदूरको अहिले नै ६ अंक छ भने आजको जितपछि चितवनको पनि ६ अंक भएको छ । कर्णालीको चार चार अंक छ । काठमाडौं, विराटनगर र पोखराको दुई दुई अंक छ । लिगमा ८ टिमले एकअर्कासँग एक एक खेल खेल्नेछन् ।

६ वटा टिम जनकपुर, लुम्बिनी, , चितवन, सुदूर ,कर्णाली र विराटनगरले चार÷चार खेल खेलिसकेका छन् । काठमाडौं र पोखराले भने ३ खेल मात्रै खेलेका छन् । ४ खेल खेलिसकेको लुम्बिनी भने अहिलेसम्म जितविहीन छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top