×

NEPAL TIMES UPDATES

Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026

एनपिएलमा हालसम्म उत्कृष्ट खेलाडी को ?गाडी कसले चढ्ला?

२४ मंसिर २०८१

२४ मंसिर, काठमाण्डौ।

पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबारसम्म १५ वटा खेल सकिएका छन् । अहिलेसम्म ६ वटा टिमले ४–४ खेल खेल्दा सबै खेल जितेको जनकपुर बोल्ट्स लिगको शीर्ष स्थानमा छ भने ३ वटा मात्रै खेल खेलेका पोखरा र काठमाडु पाँचौ र छैठौं स्थानमा छन् ।

Advertisement
Advertisement

अझै प्रतियोगितामा १७ खेल खेल्न बाँकी छन् । एनपिएलका विविध रोचक पक्ष मध्ये पुरस्कार पनि एक रहेको छ । यसपटक क्रिकेट खेलेरै एक नेपाली क्रिकेटरले कार चढ्ने छन् । फ्रेन्चाइजमा आबद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले शारडा समूहको ओमोडा गाडी पाउने घोषणा भएको छ ।

यसैले पनि यो कार कसले चढ्छन भन्ने चासो खेलप्रेमीमाझ बढिरहेको छ। उत्कृष्ट ब्याटिङ, बलिङ र अलराउन्ड प्रदर्शन गर्ने मध्य एक उत्कृष्ट खेलाडीले नै गाडी पाउनेमा दुई मत छैन् । तर त्यसको अनुमान लगाउन अझै कठिन छ ।

यद्यपि हालसम्मको अवस्था हेर्दा गाडी चढ्ने संभावित खेलाडीहरुको केही संकेत भने देखिसकेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स सबै ४ खेल हारेर अंक तालिकाको पुछारमा छ ।

लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना लगभग निश्चित छ । तर टिमको पराजय यात्रका बीच पनि कप्तान रोहितको प्रर्दशन भने अहिलेसम्मकै उच्च देखिएको छ । हालसम्म उनले सर्वाधिक १८१ रन बनाएका छन् ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनी शतक बनाउनबाट मात्र ५ रनले चुकेका थिए ।  सो खेलमा रोहितले अविजित ९५ रन बनाएका थिए । पौडेल चार खेलमा १५५.३१ को स्ट्राइक रेटमा १८१ रन बनाएका हुन्। सर्वाधिक रनकर्ताको नेपाली खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि रहेका छन् ।

उनले २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ४० रन बनाएका छन् । नेपाली खेलाडीको सूचीमा तेस्रो नम्बरमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह रहेका छन्। उनले चार खेलमा अविजित हुँदा ११३ रन बनाएका छन्।

यसैगरी लुम्बिनी लायन्सका विवेक यादव चौथो नम्बरमा छन्। उनले ९८ रन बनाएका छन् । र, खेलको पाँचौ स्थानमा रहेका नेपाली खेलाडी लोकेश बम हुन्। बिराटनगर किङ्सको पहिलो जितका लागि महत्वपूर्ण ७१ रनको पारी खेलेका उनले हालसम्म ९७ रन बनाएका छन्।

यस्तै बलिङ तर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुमा जनकपुर बोल्ट्सका ललित राजवंशीले चार खेलमा ९६ बलमा ८८ रन दिएर ८ विकेट लिएका छन्। यस्तै चार खेल खेलेको कर्णाली याक्सका विपिन शर्माले हालसम्म ७२ बलमा ५९ रन दिएर ६ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका अबिनाश बोहराले ८४ बलमा ९५ रन दिएर ६ विकेट लिएका छन्। यस्तै चितवन राइनोजका रिजन ढकालले एक सय रन दिँदै ६ विकेट लिँदा ८३ बल गरेका छन्। कार नेपाली खेलाडी मध्ये उत्कृष्ट खेलाडीले पाउने भएपनि विदेशी खेलाडीहरुको ब्यतिगत प्रर्दशन पनि उच्च रहेको छ।

जनकपुरका लहेरू मिलान्था अधिक रन बनाउनेमा रोहितपछि दोस्रो स्थानमा छन् । श्रीलंकन मूलका अमेरिकन यी खेलाडीले १६८ रन बनाएका छन् । तेस्रो स्थानमा इंग्ल्यान्डका रवि बोपारा छन् । उनले १५७ रन बनाएका छन् ।

चौथो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान ऐरी छन् भने सूचीको पाँचौं स्थानमा भारतका चर्चित खेलाडी शिखर धवन छन् । उनले १३६ रन बनाएका छन् । जम्मा ४ खेल मात्र खेल्न आएका धवन घर फर्किसकेका छन् ।

अहिलेसम्म उच्च प्रर्दशन गरेका यी खेलाडीहरुका अझै बाँकी खेल रहेकाले कसले अत्यधिक रन बनाउलान् , अधिक विकेट झार्लान र समग्रतामा कसले प्रर्दशन उच्च रहन्छ भन्ने विषय जान्नका लागि चाँही उपाधि भिड्न्त सम्म नै प्रतिक्षा गर्नुपर्ने छ । यस्तै यस अवधिमा नयाँ खेलाडीको चमत्कारिक उत्कृष्ट प्रर्दशन नहोला पनि भन्न सकिन्न् ।

एनपिएलमा आज कुनै खेल छैनन् । भोलि मंगलबार भने सदाझैँ दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् भने दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

Advertisement

अहिलेसम्म जनकपुर बोल्ट्सले चार खेल जित निकालेको छ भने सुदूरपश्चिम रोयल्सले ३ खेलमा जित निकालेको छ। लिग चरणका खेलमा चितवन राइनोजले पनि तीन खेल जितेको छ भने काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स र बिराटनगर किङ्सले एक–एक मात्र जित निकालेका छन्। लुम्बिनी लायन्स अहिलेसम्म जितविहीन छ ।

Advertisement

भर्खरको समाचार

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

सम्बन्धित खबरहरु

Scroll to Top