×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिरियामा कति थियो असदको सम्पत्ति ?देखियो विलासी जीवन

२४ मंसिर २०८१

२४ मंसिर, एजेन्सी ।

सिरियाका राष्ट्रपति बशर अल–असदको २४ वर्ष लामो शासन विद्रोही आक्रमणपछि देशबाट रुस भागेपछि अन्त्य भएको छ। हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोहीहरूले असदलाई सत्ताच्युत गर्दै राजधानी दमास्कस कब्जा गरेका छन्।

Advertisement
Advertisement

असद भागेपछि दमास्कस र अलेप्पोमा रहेका उनका दरबारहरूमा भिडले आक्रमण गरÞ्यो। दरबारबाट विद्रोहीहरूले सेयर गरेका फोटो र भिडियोहरूले असदको विलासी कारहरूको संग्रह र विलासी जीवनशैली देखाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा मानिसहरू असदको दरबारभित्र हिँड्दै, तस्विर खिच्दै र असदको विलासी जीवनशैली हेरिरहेको देखाइएको छ। दरबारको एउटा ग्यारेजमा ल्याम्बोर्गिनी र फरारी जस्ता कारहरूसहित लक्जरी कारहरूको ठूलो संग्रह पनि देखिएकोछ ।

विद्रोहीहरूले अलेप्पोमा रहेको असदको घरमा पनि आक्रमण गरी उनको स्वामित्वमा रहेका सबै वस्तुहरू नष्ट गरेका छन् । सामाजिक संजालहरुमा पोस्ट गरिएका तस्बिरहरूमा असदको ग्यारेजमा क्लासिकदेखि सुपरकारहरू र दुर्लभ ५ पाङ्ग्रे क्याम्परहरूसम्म दर्जनौँ महँगो कारहरू पार्क गरिएको देखाइएको छ ।

उनको कार संग्रहमा ल्याम्बोर्गिनी डायब्लो, मेरेडेज–बेन्ज एसएलएस एएमजी र एसएल ६५ ब्ल्याक सिरिज, फरारी एफ ५०, अडि आर ८, टोयोटा एफजे क्रुजर्स, ल्याण्ड क्रुजर्स र नयाँ ल्याण्ड रोभर डिफेन्डर प्रमुख रहेको देखिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

बशर अल–असदका दरबारहरूको मुख्य आकर्षणहरू मध्ये एउटा उनको व्यापक कार सङ्ग्रह हो। विद्रोहीहरूले लडाकुहरू राष्ट्रपति दरबारमा प्रवेश गर्दा उनको विलासी जीवन पहिलोपटक देखेको दाबी गरेका छन्।

विद्रोहीहरूले असदका कारहरूको सङ्ग्रह प्रदर्शन गर्दै भनेका छन् कि यसले उनको विलासिताको र सामान्य सिरियालीहरूको गरिबीको बिचको भिन्नता देखाउँछ। दरबारमा प्रवेश गरेका मानिसहरूले फोटो र भिडियोमार्फत असद विलासितामा बस्थे भनेर देखाउन खोजेका छन्।

विद्रोहीहरूले एकातिर मानिसहरूले गरिबीको सामना गरिरहेको र अर्कातिर अल–असदले निरन्तर सम्पत्ति जम्मा गरिरहेको बताएका छन्। रुस भागेका असदको व्यक्तिगत सम्पत्ति करिब १.५ अर्ब अमेरिकी डलर रहेको अनुमान छ। यस्तै असद परिवारले सिरियाली अर्थतन्त्रको ६०–७५% हिस्सा नियन्त्रणमा राखेको बताइन्छ।

यसको आधारमा परिवारको कुल सम्पत्ति ६० देखि १२० अर्ब डलरसम्म हुन सक्ने अनुमान गरिएको छ। बशर अल–असदले दमास्कस विश्वविद्यालयबाट चिकित्सा विज्ञानमा स्नातक गरेपछि लण्डनमा नेत्र रोग विशेषज्ञको रूपमा अभ्यास गरेका थिए।

सन् २००० मा आफ्ना पिता हाफिज अल–असदको निधनपछि बशरले सत्ता सम्हालेका थिए। उनको शासनकालमा कठोर र दमनकारी नीतिहरू अपनाइएको थियो। अस्मा अल–असद उनकी पत्नी हुन् । जो लण्डनमा जन्मेकी र हुर्केकी हुन्। उनले कम्प्युटर विज्ञानमा स्नातक गरेकी छिन् ।

उनले सुरुमा बैंकिङ क्षेत्रमा काम गरेकी थिइन । बसर र अस्माका तीन सन्तान छन् । जसमा दुई छोरा हाफिज र करीम तथा एक छोरी—जैन रहेकी छन् । सन् २००१ मा जन्मिएका हाफिज, बशर अल–असद र अस्मा अल–असदका जेठा छोरा हुन्।

हाफिजले सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेका छन्। सन् २०१७ मा उनले ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सिरियाको प्रतिनिधित्व गरेका थिए। त्यसपछि उनी उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोस्थित मस्को स्टेट युनिभर्सिटीमा भर्ना भएका थिए।

यस्तै सन् २००३ मा जन्मेकी जैन बशर अल–असदकी एक्ली छोरी हुन्। जैनले पनि सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेकी छिन्। उनी उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोमा अध्ययन गरिरहेकी छिन्। २००४ मा जन्मिएका करीम, बशर अल–असदका कान्छा छोरा हुन्।

करीमले सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेका छन्। उनी पनि उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोमा अध्ययन गरिरहेका छन्। हालैका घटनाक्रमपछि बशर अल–असद र उनको परिवार रुसको राजधानी मस्कोमा पुगेका छन् । जहाँ उनीहरूलाई राजनीतिक शरण दिइएको छ ।

परिवारका सबै सदस्यहरू—बशर, उनकी पत्नी अस्मा र तीन सन्तानहरू मस्कोमा सुरक्षित रहेको बताइएको छ। रुसी मिडिया एजेन्सीहरूले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै सिरियाका अपदस्थ राष्ट्रपति असद र उनको परिवार रुसको राजधानी मस्को पुगेको दाबी गरेका हुन्।

Advertisement

रिपोर्टअनुसार रुसले बसर अल असद र उनको परिवारलाई शरण दिएको छ। यसअघि आइतबार विद्रोहीहरुले सिरियाको राजधानी दमास्कस कब्जा गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top