एएफसी एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा

२३ मंसिर ८१, सोमबार

२४ मंसिर, काठमाण्डौ।

सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपाल रहेको यो समूहमा भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्दी रहेका छन् ।

आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन् । भियतनाम फिफा वरीयतामा ११६औं स्थानमा छ । यो टोलीले पाँचपल्ट एसियन कप खेलिसकेको छ। सन् १९५६ र १९६० मा यो टोली लगातार दुईपल्ट चौथो हुन सफल भएको थियो ।

Advertisement

सन् २००७ र १९ मा क्वार्टरफाइनलसम्म पुगेको यो टोली गत वर्ष भने समूहचरणबाट बाहिरिएको थियो । यता, फिफा वरीयतामा १३२औं स्थानमा रहेको मलेसियाले पनि चारपल्ट एसिया कप खेलिसकेको छ ।तर, सन् १९७६,१९८०, २००७ र २०२३ मा खेलेको मलेसिया समूहचरणबाट अगाडि बढ्न सकेको छैन ।

नेपालको एएफसी एसियन कप छनोटमा प्रदर्शन अपेक्षाकृत कमजोर रहँदै आएको छ। विभिन्न उमेर समूहका प्रतियोगिताहरूमा नेपालको सहभागिता र परिणामहरू हेर्ने हो भने एएफसी यु–२० एसियन कप छनोट २०२४ मा नेपालले चार खेलमा १५ गोल खाँदै मात्र तीन गोल गर्न सफल भयो।

Advertisement

यस क्रममा, उज्वेकिस्तानसँग ६–०, कम्बोडियासँग ४–१, र बहराइनसँग ४–० को हार बेहोरेको थियो। एएफसी यु–२३ एसियन कप छनोट २०२१मा समूह ’बी’ मा रहेको नेपालले तीनवटै खेलमा हार बेहोर्दा कुनै गोल गर्न सकेन।

यस अवधिमा, नेपालले १४ गोल खाएको थियो। यस्तै एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जितबिहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। उता एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो।

उज्वेकिस्तानसँग ५–१, ताजकिस्तानसँग ११–१, र अफगानिस्तानसँग ४–१, को हार व्यहोरेको थियो। एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा नेपालले इन्डोनेसियासँग ७–० को हार बेहोरेको थियो। यस चरणमा सहभागी २४ टोलीमध्ये नेपालले सबैभन्दा कमजोर प्रदर्शन गरेको थियो।

समग्रमा, एएफसी एसियन कपका विभिन्न उमेर समूह र संस्करणहरूको छनोट चरणमा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन। यसले पनि नेपालले भविष्यमा सुधार र तयारीमा थप ध्यान दिनुपर्ने आवश्यकता खेल विज्ञहरुले औंल्याउदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top