NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक आइतवार असार २९ , २०८२
पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’ आइतवार असार २९ , २०८२
काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना आइतवार असार २९ , २०८२
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

रविका पक्षमा प्रचण्ड र नारायणकाजीले लेखे स्टाटस, दुव्र्यवहार नगर्न चेतावनी

सोमवार मंसिर २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर, काठमाण्डौ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’

Advertisement

यस्तै नेकपा माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लामिछानेमाथिको अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार रोक्न सरकारसँग माग गरेका छन् । कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन नै नगरी सरकारले नाङ्गो भेदभावपूर्ण कार्य गरेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानूनी, मानव अधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

पूर्वगृहमन्त्री लामिछानेबाहेक कांग्रेस र एमालेका नेताहरुमाथि छानबिन नगरेकोप्रति उनले आपत्ति जनाए । उनले भनेका छन्, ‘यस सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं, तर सरकारले लामिछानेबाहेक नेपाली कांग्रेस र एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर विरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस् भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।’

सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन् । रास्वपाले पनि यसविषयमा मानवअधिकार आयोगलाई गुहारेको छ ।

यसबीच आयोगले पनि अनुशन्धान अगाडी बढाएको छ । लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको हो । यसक्रममा आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लियो ।

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन् । आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै आज बोलाएको थियो । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाएको बताए । ‘बाहिर उठेका विषयहरुबारे हामीले सोध्यौं । उहाँहरुले आफ्नो भनाइ राखेर जानुभएको छ । हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानलाई निरन्तरता दिन्छौं’, पोखरेलले भने ।

दुवै प्रहरी अधिकारीले हिजो चितवन प्रहरीले जारी गरेको विज्ञप्तिमा टेकेर जवाफ दिएका थिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताए ।

डा. पोखरेलले आवश्यकता महसुस भएमा आईजीपीलाई फेरि बोलाएर बयान लिने जानकारी दिएका छन् । एआईजी तामाङले भोलिपल्ट आन्दोलन हुने र असुरक्षाको सम्भावनालाई मध्यनजर गर्दै उनलाई राति नै लैजानु परेको बताए ।

‘उहाँकै सुरक्षाका लागि त्यसो गरिएको जवाफ दियौं’, उनले भनेका छन् । यसअघि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायतका नेताहरु तथा मानवअधिकारकर्मीहरुले पनि कास्की हिरासतमा पुगेर रविलाई भेटेका थिए ।

सो क्रममा बाबुरामले आफूसंगको भेटमा रविले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको बताएको भनेका थिए भने शाहीले रविमाथि दुव्र्यवहार भएको बताएका थिए । आफूमाथि चितवनबाट पोखरा लैजाने क्रममा दुव्र्यवहार गरेको, अस्वस्थ रहेको अवगत गराउदा समेत अस्पताल नलगेको भन्दै स्वयम रविले समेत आइतबार कास्की अदालतमा न्यायाधीश समक्ष नै गुनासो पोखेका थिए ।

तर चितवन प्रहरीले भने विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको दाबी खण्डन गर्दै भ्रम नफैलाउन आग्रह गरेको छ । भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।

Tags: #पुष्पकमल दाहाल प्रचण्ड#रविका पक्षमा प्रचण्ड

लोकप्रीय

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

विचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२

थप समाचार

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?
ताजा समाचार

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा
ताजा समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.