गाजामा आक्रमण रोक्न प्रचण्ड, बाबुराम र माधवको हस्ताक्षर

२३ मंसिर ८१, सोमबार

२४ मंसिर, एजेन्सी ।

इजरायलले प्यालिस्टिनीमाथि गरिरहेको आक्रमणकाविरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ । सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो ।

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् ।

Advertisement

हस्ताक्षरपछि तीनै जना पूर्वप्रधानमन्त्रीहरुले इजरेलको कडा शब्दमा आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध गरे ।

उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए ।उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे ।

Advertisement

संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको उनले बताए । प्रचण्डले अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने समेत बताए ।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले २१ औं शताब्दीमा आएर अहिले इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाए ।

उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आफूहरुले आवाज उठाएको समेत बताए । अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको भट्टराईले बताएका छन् ।

संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने उनले बताए । डा भट्टरार्यले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाल्ी हुनुको अर्थ नहुने बताए ।

यस्तै हस्ताक्षरपछि पूर्वप्रधानमन्त्री नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरे । उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे ।

नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने उनले बताए । प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको भन्दै उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए । अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको समेत बताए ।

नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान एक महिनासम्म सञ्चालन हुने जनाइएको छ । ७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए ।

अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेका छन् । गाजापट्टीमा इजरायली सेनाको स्थल तथा हवाई आक्रमणका कारण पछिल्लो १४ महिनामा त्याहा ठूलो मानवीय क्षति भएको छ।

विशेष गरी, अक्टोबर ७, २०२३ मा सुरु भएको द्वन्द्वपछि स्थिति अझ गम्भीर बनेको छ। यो अवधिमा गाजापट्टीमा ४५ हजार ६ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको समाचार संस्था एपीले उल्लेख गरेको छ । यस्तै यस अवधिमा ८५ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन्।

इजरायली आक्रमणका कारण अस्पतालहरूमा क्षति पुगेको छ, जसले गर्दा स्वास्थ्य सेवा अवरुद्ध भएको छ। कतिपय अस्पतालमा समेत गोलाबारी हुँदा बिरामी र स्वास्थ्यकर्मी समेत मारिएका छन् । गाजाका विभिन्न क्षेत्रमा हवाई आक्रमणका कारण घर, विद्यालय र अन्य पूर्वाधार पूर्णध्वस्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top