Nepal Times
Nepal Times
3
Shares

आफैले आतंकबादी घोषणा गरेकालाई अमेरिकाले सुम्पियो सिरिया

आफैले आतंकबादी घोषणा गरेकालाई अमेरिकाले सुम्पियो सिरिया

२४ मंसिर, एजेन्सी ।

अमेरिका सुपर पावर हो र विश्व कूटनीतिमा आज पनि उसको बोली बिक्छ र टिक्छ भन्ने संदेश फेरि एक पटक अमेरिकाले सिद्ध गरेको छ । यसैपनि देशहरुले आफ्नो घरेलु राजनीतिमा अमेरिका खेल्ने गरेको आरोप लगाउँदै आएका छन् । त्यो चाहे बंगलादेश होस् वा पाकिस्तान, युक्रेन वा अन्य युरोपली मुलुक, अफ्रिकाका देशहरु वा हालैको मध्यपूर्वमा ।

अमेरिकामाथि अन्य देशहरुको आन्तरिक मामिलामा खेल्ने आरोप त लागेकै छ । ताजा अवस्थाको कुरा गर्नुपर्दा सिरियामा पुनः अमेरिकाले आफ्नो पकड बलियो बनाएको छ । हुन त यो मुलुक सधैं नै कुनै न कुनै युद्धमा प्रत्यक्ष, अप्रत्यक्ष सामेल भएकै छ ।

अमेरिकाको कोशिश नै विश्वलाई आफ्नो शर्तहरुमा र यसको इशारामा नचाउने रहेको देखिन्छ । बाँकी देशहरुलाई कुनै न कुनै फन्डामा फसाएर आफू सधैं सुपरपावर बनिरहने र छेउछाउमा पनि कसैलाई आउन नदिने अमेरिकाको हरदमको प्रयास हुन्छ । सिरियाकै कुरा गर्दा पनि त्यो प्रष्ट हुन्छ ।

सिरियामा लामो समयदेखि चलिरहेको असद परिवारको सत्ता अन्त्य भएको छ । विद्रोही गुटहरुले देश कब्जा गरेका छन् । राष्ट्रपति पद छोडेर बशर अल–असद परिवारका साथ मस्कोमा शरण लिन पुगेका छन् । हुन त सिरियामा लामो समयदेखि नै गृहयुद्ध चलिरहेको थियो ।

तर झण्डै एक वर्ष यतादेखि मिडिल ईस्टको राजनीति पूर्णरुपमा बदलिएको छ । पहिला इजरायलमा हमासको हमला, त्यसपछि इजरायलको काउंटर अट्याकले पुरै तस्वीर बदलिदिएको छ । उता युक्रेनका साथ युद्धमा रूस अल्झिएपछि असदको हरेक चाल गलत साबित हुँदै गयो ।

यहाँ अमेरिका र अन्य पश्चिमी देशहरुको भूमिका निकै अहम हुनथाल्यो । सिरियाका विद्रोहरुलाई नै अमेरिका र पश्चिमी देशहरुबाट सहयोग प्राप्त छ । यो समयमा सिरियामा कयौं विद्रोही संगठन सक्रिय छन् । उनीहरुको लक्ष्य अलग–अलग छ तर सबैको कमन लक्ष्य भनेको असदको सत्ता खोस्नु थियो, जसमा सफल पनि भए ।

हाल सिरियामा रहेका संगठनहरु मध्येमा प्रमुख हो हयात तहरीर अल–शाम (एचटीसी) । जसले अहिले त्यहाँका प्राय सबै गुटहरुको पनि नेतृत्व गरिरहेको छ । विगतमा यो अलाकायदाको सहयोगी संगठन पनि रहेको थियो । तर २०१६ मा यो समूह अलकायदाबाट छुट्टिएको पनि दाबी गरिन्छ ।

अलकायदा त्यही आतंकवादी संगठन हो जसको नेता ओसामा बिन लादेन थिए र उनले अमेरिकाको वर्ल्ड ट्रेड सेंटरमा हमला गराएका थिए । त्यसपछि अमेरिकाले अलकायदालाई सिध्याउने कसम खायो । त्यसैका लागि वर्षौंसम्म अफगानिस्तानमा युद्ध चलिरह्यो ।

पछि पाकिस्तानमा बिल लादेनलाई अमेरिकाले सफाया गर्यो, जतिबेला अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । तर अहिले सोही संगठनको सहयोगीलाई अमेरिकाले सिरियामा असदविरुद्ध प्रयोग गर्यो । सिरियाका विद्रोही संगठनहरुलाई अमेरिकी, इजरायल र तुर्कीएको समर्थन छ ।

जबकी यो संगठनलाई २०१६ मा यूएन सेक्युरिटी काउंसिलका साथै स्वयं अमेरिका, यूरोपेली संघ, तुर्कीए र ब्रिटेनले पनि आतंकवादी संगठन घोषणा गरेका थिए ।खासमा सिरियामा विद्रोहको आगो २०११ मै भड्किएको थियो । सोबेला अरबका कयौं देशहरुमा विद्रोहको आवाज उठ्यो ।

त्यसलाई अरब स्प्रिंग नाम दिइएको थियो । सोही अरब स्प्रिंगको राप सिरियामा पनि आयो । त्यो रापमा अमेरिका र यूरोपका अन्य देशहरुले लोकतंत्र र मानवाधिकारका नाममा निकै पेट्रोल हाले । लाखौंको संख्यामा मानिसहरु मारिए । अर्कातर्फ असदलाई रूस र ईरान जस्ता देशहरुले सहयोग जारी राखे ।

तर गएका केही महिनाहरुमा रूस र ईरानको आफ्नै हालत खराब भयो । यसैको फाइदा उठाएर विद्रोहीहरुले असदविरुद्ध अन्तिम दाउ चले । अनि असद रुसको शरणमा पुगे । यहाँनिर एउटा प्रश्नले पनि धेरैलाई सोचमग्न बनाएको छ कि त्यत्रो घेराबन्दीका बीच रूसले सुटुक्कै असदलाई कसरी सिरियाबाट रेस्क्यु गर्यो ?

यो प्लान कहिलेदेखि थियो भन्नेमा धेरैले जिज्ञासा पनि राखेका छन् । अनि अर्को सिरियाका सत्ताच्युत राष्ट्रपतिले रुसलाई नै किन रोजे ? सिरियामा आखिर पश्चिमी देशहरुको दिलचस्पी किन छ ? रूस र ईरानका लागि बशर अल–असद सिरियाको सत्ताबाट हट्नुले कस्तो अर्थ राख्छ भन्नेमा पनि धेरैको चासो छ ।

यसमा एकएक गरि केलाउने प्रयास गरौं । सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रमी अब्दुररहमानका अनुसार, बशर अल–असद शनिवार–आइतबारबीचको राती नै देश छाडेर निस्किएका हुन् । विमान गतिविधीहरु हेर्ने संस्था फ्लाइट राडर २४ डट कम का अनुसार, दमास्कस एयरपोर्टबाट एक इल्युशिन एयरक्राफ्टले ठिक त्यो बेला उडान भर्यो, जब विद्रोहीहरुले शहरमा कब्जा गर्न शुरू गरे ।

यद्यपि, यो एयरक्राफ्ट कहाँ गइरहेको छ, यसको जानकारी दिइएको थिएन । अब्दुर रहमानका अनुसार विमानले शनिवार राती १० बजे नै उडान भर्नु पर्ने थियो । फ्लाइट रडारले देखिएको छ कि उडान भरेको केही समयपछि नै कार्गो विमानलाई दमास्कसको पूर्वमा उडिरहेको देखिएको थियो ।

त्यसपछि यो उत्तर–पश्चिम दिशातर्फ गयो । जहां मध्य होम्स शहरका बीच विमान अचानक तल गयो । यसैबीच विमानको सिग्नल गायब भयो । रिपोर्ट्समा भनिएको छ कि यसको कारण विमानका तर्फबाट ट्र्याकिंग बन्द गरिनु पनि हुनसक्छ ।

जानकारीका अनुसार सिरियाबाट आइतबार विहान पनि थप एक विमानले उडान भर्यो तर यो विद्रोहीहरु दमास्कस पुगेको निकै बेर पछि उडेको थियो । वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार, असदलाई इजिप्टै र जोर्डनको सलाह हुँदै मस्को पुर्याइएको हो ।

अर्कातर्फ ब्लूमबर्गको एक रिपोर्टमा भनिएको छ कि असदले अब केही समयपछि ईरानको राजधानी तेहरानमा शरण लिनसक्ने छन् । यद्यपि, इरानमा इजरायली जासुसी र उसको बढ्दो आक्रमणको आशंकाका बीच यो देश असदका लागि अब सुरक्षित मानिदैन ।

किनभने केही दिन पहिलामात्रै ईरानमा हमासका प्रमुख इस्माइल हानिया मारिएका थिए । यस्तै कयौं परमाणु वैज्ञानिकहरु र आफ्ना शत्रुहरुलाई इजरायलले इरानमै सिध्याइदिएको छ । यस्तोमा बशर अल–असदले सिरिया छाडेर भाग्दा रूसमा शरण लिनु स्वभाविक नै मानिएको छ ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.