×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

आफैले आतंकबादी घोषणा गरेकालाई अमेरिकाले सुम्पियो सिरिया

२४ मंसिर २०८१

२४ मंसिर, एजेन्सी ।

अमेरिका सुपर पावर हो र विश्व कूटनीतिमा आज पनि उसको बोली बिक्छ र टिक्छ भन्ने संदेश फेरि एक पटक अमेरिकाले सिद्ध गरेको छ । यसैपनि देशहरुले आफ्नो घरेलु राजनीतिमा अमेरिका खेल्ने गरेको आरोप लगाउँदै आएका छन् । त्यो चाहे बंगलादेश होस् वा पाकिस्तान, युक्रेन वा अन्य युरोपली मुलुक, अफ्रिकाका देशहरु वा हालैको मध्यपूर्वमा ।

अमेरिकामाथि अन्य देशहरुको आन्तरिक मामिलामा खेल्ने आरोप त लागेकै छ । ताजा अवस्थाको कुरा गर्नुपर्दा सिरियामा पुनः अमेरिकाले आफ्नो पकड बलियो बनाएको छ । हुन त यो मुलुक सधैं नै कुनै न कुनै युद्धमा प्रत्यक्ष, अप्रत्यक्ष सामेल भएकै छ ।

अमेरिकाको कोशिश नै विश्वलाई आफ्नो शर्तहरुमा र यसको इशारामा नचाउने रहेको देखिन्छ । बाँकी देशहरुलाई कुनै न कुनै फन्डामा फसाएर आफू सधैं सुपरपावर बनिरहने र छेउछाउमा पनि कसैलाई आउन नदिने अमेरिकाको हरदमको प्रयास हुन्छ । सिरियाकै कुरा गर्दा पनि त्यो प्रष्ट हुन्छ ।

सिरियामा लामो समयदेखि चलिरहेको असद परिवारको सत्ता अन्त्य भएको छ । विद्रोही गुटहरुले देश कब्जा गरेका छन् । राष्ट्रपति पद छोडेर बशर अल–असद परिवारका साथ मस्कोमा शरण लिन पुगेका छन् । हुन त सिरियामा लामो समयदेखि नै गृहयुद्ध चलिरहेको थियो ।

तर झण्डै एक वर्ष यतादेखि मिडिल ईस्टको राजनीति पूर्णरुपमा बदलिएको छ । पहिला इजरायलमा हमासको हमला, त्यसपछि इजरायलको काउंटर अट्याकले पुरै तस्वीर बदलिदिएको छ । उता युक्रेनका साथ युद्धमा रूस अल्झिएपछि असदको हरेक चाल गलत साबित हुँदै गयो ।

यहाँ अमेरिका र अन्य पश्चिमी देशहरुको भूमिका निकै अहम हुनथाल्यो । सिरियाका विद्रोहरुलाई नै अमेरिका र पश्चिमी देशहरुबाट सहयोग प्राप्त छ । यो समयमा सिरियामा कयौं विद्रोही संगठन सक्रिय छन् । उनीहरुको लक्ष्य अलग–अलग छ तर सबैको कमन लक्ष्य भनेको असदको सत्ता खोस्नु थियो, जसमा सफल पनि भए ।

हाल सिरियामा रहेका संगठनहरु मध्येमा प्रमुख हो हयात तहरीर अल–शाम (एचटीसी) । जसले अहिले त्यहाँका प्राय सबै गुटहरुको पनि नेतृत्व गरिरहेको छ । विगतमा यो अलाकायदाको सहयोगी संगठन पनि रहेको थियो । तर २०१६ मा यो समूह अलकायदाबाट छुट्टिएको पनि दाबी गरिन्छ ।

अलकायदा त्यही आतंकवादी संगठन हो जसको नेता ओसामा बिन लादेन थिए र उनले अमेरिकाको वर्ल्ड ट्रेड सेंटरमा हमला गराएका थिए । त्यसपछि अमेरिकाले अलकायदालाई सिध्याउने कसम खायो । त्यसैका लागि वर्षौंसम्म अफगानिस्तानमा युद्ध चलिरह्यो ।

पछि पाकिस्तानमा बिल लादेनलाई अमेरिकाले सफाया गर्यो, जतिबेला अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । तर अहिले सोही संगठनको सहयोगीलाई अमेरिकाले सिरियामा असदविरुद्ध प्रयोग गर्यो । सिरियाका विद्रोही संगठनहरुलाई अमेरिकी, इजरायल र तुर्कीएको समर्थन छ ।

जबकी यो संगठनलाई २०१६ मा यूएन सेक्युरिटी काउंसिलका साथै स्वयं अमेरिका, यूरोपेली संघ, तुर्कीए र ब्रिटेनले पनि आतंकवादी संगठन घोषणा गरेका थिए ।खासमा सिरियामा विद्रोहको आगो २०११ मै भड्किएको थियो । सोबेला अरबका कयौं देशहरुमा विद्रोहको आवाज उठ्यो ।

त्यसलाई अरब स्प्रिंग नाम दिइएको थियो । सोही अरब स्प्रिंगको राप सिरियामा पनि आयो । त्यो रापमा अमेरिका र यूरोपका अन्य देशहरुले लोकतंत्र र मानवाधिकारका नाममा निकै पेट्रोल हाले । लाखौंको संख्यामा मानिसहरु मारिए । अर्कातर्फ असदलाई रूस र ईरान जस्ता देशहरुले सहयोग जारी राखे ।

तर गएका केही महिनाहरुमा रूस र ईरानको आफ्नै हालत खराब भयो । यसैको फाइदा उठाएर विद्रोहीहरुले असदविरुद्ध अन्तिम दाउ चले । अनि असद रुसको शरणमा पुगे । यहाँनिर एउटा प्रश्नले पनि धेरैलाई सोचमग्न बनाएको छ कि त्यत्रो घेराबन्दीका बीच रूसले सुटुक्कै असदलाई कसरी सिरियाबाट रेस्क्यु गर्यो ?

यो प्लान कहिलेदेखि थियो भन्नेमा धेरैले जिज्ञासा पनि राखेका छन् । अनि अर्को सिरियाका सत्ताच्युत राष्ट्रपतिले रुसलाई नै किन रोजे ? सिरियामा आखिर पश्चिमी देशहरुको दिलचस्पी किन छ ? रूस र ईरानका लागि बशर अल–असद सिरियाको सत्ताबाट हट्नुले कस्तो अर्थ राख्छ भन्नेमा पनि धेरैको चासो छ ।

यसमा एकएक गरि केलाउने प्रयास गरौं । सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रमी अब्दुररहमानका अनुसार, बशर अल–असद शनिवार–आइतबारबीचको राती नै देश छाडेर निस्किएका हुन् । विमान गतिविधीहरु हेर्ने संस्था फ्लाइट राडर २४ डट कम का अनुसार, दमास्कस एयरपोर्टबाट एक इल्युशिन एयरक्राफ्टले ठिक त्यो बेला उडान भर्यो, जब विद्रोहीहरुले शहरमा कब्जा गर्न शुरू गरे ।

यद्यपि, यो एयरक्राफ्ट कहाँ गइरहेको छ, यसको जानकारी दिइएको थिएन । अब्दुर रहमानका अनुसार विमानले शनिवार राती १० बजे नै उडान भर्नु पर्ने थियो । फ्लाइट रडारले देखिएको छ कि उडान भरेको केही समयपछि नै कार्गो विमानलाई दमास्कसको पूर्वमा उडिरहेको देखिएको थियो ।

त्यसपछि यो उत्तर–पश्चिम दिशातर्फ गयो । जहां मध्य होम्स शहरका बीच विमान अचानक तल गयो । यसैबीच विमानको सिग्नल गायब भयो । रिपोर्ट्समा भनिएको छ कि यसको कारण विमानका तर्फबाट ट्र्याकिंग बन्द गरिनु पनि हुनसक्छ ।

जानकारीका अनुसार सिरियाबाट आइतबार विहान पनि थप एक विमानले उडान भर्यो तर यो विद्रोहीहरु दमास्कस पुगेको निकै बेर पछि उडेको थियो । वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार, असदलाई इजिप्टै र जोर्डनको सलाह हुँदै मस्को पुर्याइएको हो ।

अर्कातर्फ ब्लूमबर्गको एक रिपोर्टमा भनिएको छ कि असदले अब केही समयपछि ईरानको राजधानी तेहरानमा शरण लिनसक्ने छन् । यद्यपि, इरानमा इजरायली जासुसी र उसको बढ्दो आक्रमणको आशंकाका बीच यो देश असदका लागि अब सुरक्षित मानिदैन ।

किनभने केही दिन पहिलामात्रै ईरानमा हमासका प्रमुख इस्माइल हानिया मारिएका थिए । यस्तै कयौं परमाणु वैज्ञानिकहरु र आफ्ना शत्रुहरुलाई इजरायलले इरानमै सिध्याइदिएको छ । यस्तोमा बशर अल–असदले सिरिया छाडेर भाग्दा रूसमा शरण लिनु स्वभाविक नै मानिएको छ ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top