×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

रौतहट दुर्घटनाः एकै गाउँका ८ जनाको मृत्यु, चालक निदाए

२५ मंसिर २०८१

२५ मंसिर, काठमाण्डौ।

बाराको पञ्चवर्षीय गढिमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । रौतहट प्रहरीका अनुसार दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement
Advertisement

गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएका रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए । स्कर्पियो अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार गाडी रुखमा ठोक्किएको र त्यहाँको अवस्था हेर्दा चालक निदाएपछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ । मृतकको शव अहिले चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको र घाइतेको उपचार पनि त्यही भइरहेको छ ।

गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्कार्पियोमा सवार भएकाहरु बाराको गढीमाई मेला हेरेर सिराहातर्फ जाँदै गरेका प्रहरीले जनाएको छ । उनीहरु एकै गाउँका हुन् । पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका– ४ स्थित धन्सार–लमाहा सडक खण्डमा गएराति १ बजे सोे स्कर्पियो दुर्घटनामा परेको हो ।

‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले भने, ‘सडकबाट तल खसेपछि स्कार्पिओ रुखमा ठोक्किँदा धेरै मानवीय क्षति भएको हो।’

दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका– ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव छन् ।

दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन् ।

इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन् । गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरीका कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी कुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तीव्र गतिको स्कार्पिओ आफैँ अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिँदा दुर्घटना भएको राईले बताए ।

Advertisement

घटनास्थल चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ । मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top