घरमा काम गर्ने किशोरीमाथि पूर्वमेयरको कुदृष्टि ?

२५ मंसिर, काठमाण्डौ ।

झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी बलात्कारको अरोपमा पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् ।

पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको हो । उनलाई अहिले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

Advertisement

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा शिवाकोटीलाई आज बिहान बिर्तामोड प्रहरीले पक्राउ गरेको हो। पीडित शिवाकोटीको बिर्तामोड ५ मा रहेको घरमा करिब ८ वर्ष अघिदेखि घरेलु कामदारका रुपमा काम गर्दै आएकी थिइन्।

उनी अहिले १७ वर्षकी भएकी छिन्। उनी स्थानीय विद्यालयको कक्षा ११ मा पढ्छिन्। किशोरीलाई शिवाकोटीले पटकपटक करणी गरेको प्रहरीसँगको बयानमा खुलेको छ। बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन्।

Advertisement

बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन्। शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए।

त्यसपछि पटकपटक बलात्कार गरेको उनीमाथि आरोप रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताएका छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top