रास्वपा र प्रचण्डमाथि खनिए गृहमन्त्री, दुव्र्यवहारको गरे बचाउ

२४ मंसिर ८१, मंगलबार

२५ मंसिर, काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका समर्थकहरु पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा ब्यापक प्रदर्शन गरेका हुन् ।

ठूलो संख्यामा रहेका समर्थकहरुको राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध ¥याली समेत निकालेका छन्। प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Advertisement

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा पु¥याइएको थियो। कास्कीबाट काठमाडौं हुँदै रविलाई सिमरा विमानस्थलबाट वीरगन्ज लैजान प्रहरीलाई उनका समर्थकहरुको प्रर्दशनले हम्मेहम्मे परेको थियो ।

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। यता गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्।

Advertisement

नेपाली कांग्रेसकै नेताहरुले रविलाई अनावश्यक दुःख दिएर ह्यारेस गरेको बताइरहदा मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकीलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताएका हुन्।

उनले सबैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरे। न्यायिक प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक जिकिर गरे।गृहमन्त्री लेखकले रविको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो।’

उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए।‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’ उनले भने।

रवि सहकारी ठगीको आरोपका कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा छन् । केही दिन अघि बयानका लागि चितवन ल्याईएकोमा पोखरा लैजाँदा अमानवीय व्यवहार भएको भन्दै रास्वपाले विरोध गरिरहेको छ । यस्तैमा सोमबार प्रचण्डले रविको समर्थनमा विज्ञप्ति निकालेका थिए।

आज मात्रै गृहमन्त्रीकै दल नेपाली काग्रेसका सांसद डा. सुनिल शर्माले भने रविलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन माग गरेका छन् । उनले पत्रकार सम्मेलन गर्दै भनेका छन्, उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ।

हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो। न्यायालयले यसबारे बोल्नुपर्ने कुरा हो। सकेसम्म पहिलो हप्ता नभए ८÷१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो। तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ।

देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ। यसको भर्त्सना गर्छ।’ उनले प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न माग गरेका छन् । यसअघि शर्माले समेत सामाजिक संजालमार्फत रविमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top