२५ मंसिर,एजेन्सी ।
विश्वका कयौं देश यतिबेला युद्धको मैदानमा छन् । युक्रेन, प्यालेस्टाइन र सिरियामा युद्धको बिगुल बजिरहेको छ । रुस, इजरायल फ्रन्टमा छन् भने अमेरिका ब्यापअपमा युद्ध लडिरहेको छ । यसबीच थप एक युद्ध सुरु हुने सम्भावना बढेको छ । र यो युद्ध २ सुपर पावरबीच नै हुनसक्छ । अनि त्यो मैदान ताइवान हुनसक्छ ।
किनभने ताइवानलाई लिएर अमेरिका र चीन आमनेसामने भएका छन् । ताइवानको रक्षा मंत्रालयले सोमवार नै भनेको छ कि चिनियाँ नौसेना र तट रक्षक जहाजहरुको कयौं टुकडीहरु ताइवान जलडमरूमध्य र पश्चिमी प्रशांत क्षेत्र आसपासका जलक्षेत्रमा घूमि रहेका छन् ।
यहाँ बेजिंग संभावित सैन्य अभ्यासका लागि फेरि तयार भएको हो । सीएनएनको रिपोर्टका अनुसार ताइवानी मंत्रालयले एक बयानमा भनेको छ, ताइवानका सुरक्षा बलहरुले पूर्वी, उत्तरी र दक्षिणी थिएटर कमांडबाट चिनियाँ पीपुल्स लिबरेशन आर्मीका जहाजहरुका साथै यो क्षेत्रहरुमा प्रवेश गर्न लागेका तट रक्षक जहाजहरुको पहिचान गरेको छ ।
चीनको यो सैन्य गतिविधि ताइवानका राष्ट्रपतिद्वारा एक साताका लागि दक्षिण प्रशांत भ्रमणका क्रममा हवाई र अमेरिकी क्षेत्र गुआम गएपछि चीनको आक्रोस भड्किएको केही दिनपछि भएको हो । लाईको सो भ्रमण शुक्रवारमात्रै सकिएको थियो ।
चिनियाँ अधिकारीहरुले उनको यात्राको कडा विरोध गर्दै उनलाई “अलगाववादी” को संज्ञा पनि दिएका छन् । लाईको यात्रा अमेरिकाले ताइवानलाई नयाँ हतियारहरुको बिक्रीका लागि मंजूरी दिएपछि भएको थियो ।
जसमा चीनले “कडा जवाफी उपाय” अपनाउने संकल्प लिएको थियो । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले यो क्षेत्रलाई आफ्नो भन्छ तर अहिलेसम्म उसले यसमा नियंत्रण भने गरेको छैन । तर अमेरिका र ताइवानबीच अनौपचारिक कुराकानीलाई पनि आफ्नो संप्रभुताको उल्लंघन ठान्दछ ।
चीनले अहिलेमात्रै होइन यसअघि कयौं पटक ताइवानलाई धम्क्याउन र खासगरी अमेरिकालाई आफ्नो शक्ति देखाउन सैन्य अभ्यास गर्दै आएको छ । यो उसको बढ्दो सैन्य दबावको व्यापक प्रवृत्तिको हिस्सा हो जसले वाशिंगटन र बेजिंगबीच अनौपचारिक साझेदारीलाई बलियो बनाउन भूमिका निभाएको छ ।
ताइवानका एक वरिष्ठ अधिकारीले सीएनएनलाई भनेका छन् कि चीनको वर्तमान नौसेना तैनाथी यो वर्षको शुरुआतमा द्वीपको आसपास उसका विगतका २ सैन्य अभ्यासको तुलनामा ठूलो हो । ताइवानका अधिकारीले भने, चीनको लेटेस्ट सैन्य गतिविधि ती दुई अभ्यासहरु भन्दा अलग भएको प्रतीत हुन्छ ।
जसमा पूर्वी चीन सागरदेखि ताइवान जलडमरूमध्य र दक्षिण चीन सागरसम्म नौसेनाका जहाजहरुको व्यापक तैनाथी गरिएको छ । चीनले ताइवानलाई यसरी घेरा हालिरहँदा र कुनै पनि बेला बल प्रयोग गरेर कब्जा गर्ने चेतावनी दिइरहँदा उता अमेरिकाले पनि यहाँ युद्ध सुरु भइहाले कसरी ताइवानलाई सहयोग छिटो पुर्याउन सकिन्छ भनेर योजनाहरु बनाएर बसेको छ ।
यद्यपि सुरुका दिनहरु लगभग एक वा दुई महिनासम्म भने ताइवानले आफ्नो रक्षा आफैं गर्नुपर्ने पनि अमेरिकाले निश्कर्ष निकालेको छ । चीनले ताइवानमा कहाँबाट कसरी हमला गर्नसक्छ, त्यसको तोड कस्तो हुनसक्छ लगायतका कुराहरुमा अमेरिका पूर्व तयारी गरेर बसेको छ ।
यता नयाँ युद्ध भड्काउने तरखरमा रहेको अमेरिका उता युक्रेनमा जारी युद्ध भने अब रोक्नु पर्ने मनस्थितिमा पुगेको छ । खासगरी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यस्तै चाहेको बताएका छन् । र त्यसका लागि तयारी पनि गरिरहेको बताएका छन् ।
ट्रम्पले पेरिसमा फ्रांसेली र यूक्रेनी नेताहरुका साथमा भएको बैठकपछि यूक्रेनमा तत्काल युद्ध विरामको अपील गरेका छन् । यसको एक दिनपछि रूसले पनि यूक्रेन मामिलामा छलफलका लागि आफू हरदम खुला रहेको दोहोर्याएको छ । रूस शांतिको कुनै पनि पहलको स्वागत गर्दछ ।
विशेष रूपले ग्लोबल साउथ र ब्रिक्स साझेदारहरुबाट आउने शांतिको पहलहरुको त विशेष स्वागत गर्छ, रूसको विदेश मंत्रालयले एक बयान जारी गर्दै भनेको छ । सो बयानमा भनिएको छ, राष्ट्रपति पुटिनले पटक पटक भनेका छन कि रूस यूक्रेनमा कुराकानीका लागि आफ्नो ढोका सधैं खुला राख्दछ । उ शांति पहलहरुको स्वागत गर्दछ ।
मुख्य रूपले ग्लोबल साउथका देशहरुका साथै ब्रिक्स साझेदारहरु चीन, ब्राजील र दक्षिण अफ्रीका समेत संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबबाट आउने पहलहरुको रूसले स्वागत गर्दछ । किनभने उनीहरु मानवीय काममा लागेका छन् ।
रुसी मंत्रालयले अगाडी भनेको छ, यूक्रेनमा हाम्रो रुझान सबैलाई थाहानै छ । राष्ट्रपति पुटिनले यस वर्षको जूनमा रूसी विदेश मंत्रालयमा आफ्नो एक भाषणमा शत्रुतालाई तुरुन्त अन्त्य गर्नका लागि आवस्यक शर्तहरु राखेका थिए ।
जूनमा पुटिनले प्रस्ताव गरेका थिए कि यदी कीभले नेटोमा शामेल हुने आफ्नो महत्वाकांक्षाहरु छोड्न र मस्कोद्वारा दाबी गरिएका चार प्रान्तहरु सुम्पिनका लागि सहमत भयो भने, रुसले युद्ध अन्त्य गर्नेछ । रूसले यूक्रेनमाथि वार्तालाई अस्वीकार गरेको पनि आरोप लगाएको छ ।
विदेश मंत्रालयले भनेको छ कि भोलोदिमीर जेलेंस्कीले आफ्नो आदेशले स्वयंलाई र आफ्नो राष्ट्रपति कार्यालयलाई पनि रूसी नेतृत्वका साथ कुनैपनि किसिमको संपर्कमा आउन प्रतिबन्ध लगाएका छन् ।
बयानमा भनिएको छ कि शांतिको मार्गमा अगाडी बढ्नका लागि जेलेंस्कीले मात्रै यो आदेशलाई रद्द गरुन र इस्तांबुलमा गरिएको व्यवस्थाहरुको आधारमा र जमीनमा आकार लिइरहेको वास्तविकताहरुलाई ध्यानमा राख्दै वार्ता फेरि सुरु गर्नका लागि आदेश जारी गरुन ।
रुसका यी शर्तहरुका बीच ट्रम्पले सुरु गरेको पहलले के युक्रेन युद्ध अन्त्य होला ? उता ताइवानलाई अमेरिकाले नै ढाडस दिइरहँदा चीनले नयाँ युद्ध सुरु गर्ला ? आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।