×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोदीसँग ओली भन्दा प्रचण्ड नजिक

२५ मंसिर २०८१
२५ मंसिर, काठमाण्डौ।
नेपालमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीको विवाहलाई लिएर तडकभडक धेरै भयो भन्दै  माओवादी भित्रैबाट आलोचना भइरहेका बेला छिमेकी मुलुक भारतका प्रधानमन्त्रीले भने बधाई तथा शुभकामना संदेश पठाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रचण्ड’की नातिनी तथा गंगा दाहालकी छोरी स्मिताको विवाहका लागि शुभकामना दिएका हुन् । गंगा दाहाललाई सम्बोधन गरेर लेखिएको पत्रमा स्मिता र सयुज्यलाई दाम्पत्य जीवनको शुभकामना दिइएको छ ।
सोमबार दाहालले सामाजिक सन्जालमा सार्वजनिक गरेको पत्रमा ‘प्रचण्ड’लाई पनि अभिवादन गरिएको छ । डिसेम्बर ६ को बिहेको लागि चार दिन अगाडि मोदीले पत्रबाट शुभकामना दिएको पाइएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले  स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् ।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’ 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीलाई वैवाहिक जीवनको शुभकामना दिनु सामान्य बधाई सन्देश मात्रै होइन । विश्लेषकहरुले यसलाई कूटनीतिक चश्माबाट हेर्दा केही गहिरा उद्देश्यहरू प्रकट हुन सक्छन्।
नेपालमा भारतको रणनीतिक चासोको ऐतिहासिक सन्दर्भले यो शुभकामनालाई केवल वैवाहिक सन्देशको रूपमा मात्रै होइन, राजनीतिक संकेतका रूपमा समेत हेरिएकोछ । नेपाल–भारत सम्बन्ध विभिन्न समयमा राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षमा उतार–चढावपूर्ण रहँदै आएको छ।
यस्तो व्यक्तिगत बधाई सन्देशले दुई देशबीचको सम्बन्ध सुधार्न र विश्वासको वातावरण बनाउन मद्दत पु¥याउन सक्छ। फेरि प्रचण्ड नेपालको प्रभावशाली राजनीतिक नेतृत्वमा रहँदै आएका छन्। यस प्रकारको सन्देशले मोदीले व्यक्तिगत रूपमा प्रचण्ड र उनको परिवारप्रति सम्मान देखाएका छन्, जसले राजनीतिक सम्बन्धमा पनि प्रभाव पार्न सक्छ।
प्रचण्ड र मोदीबीचका सम्बन्धलाई व्यक्तिगत तहमा सुदृढ बनाउने प्रयासको रूपमा पनि यो कदमलाई  हेरिएको छ । नरेन्द्र मोदीको यो सन्देशले व्यक्तिगत नाताको सम्मान गर्नका साथै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य बोकेको देखिन्छ।
यसले नेपालको राजनीतिमा भारतप्रतिको धारणा सुधार्न र दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पु¥याउने सम्भावना  पनि त्यति नै देखिन्छ। अर्काे तर्फ   वर्तमानमा केपी शर्मा ओली नेतृत्वको सरकार भारतको दूरी बढेको देखिन्छ ।
यसका आधार भनेको चाँही बीआरआईमा चासो र प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने विषयमा देखाएको अनिच्छालाई हेर्न सकिन्छ । ओलीको “राष्ट्रवादी“ छवि भारतको केही चासोलाई सम्बोधन गर्न असमर्थ भएको पनि देखिन्छ।
प्रचण्ड, जसले विगतमा भारतसँग सम्बन्ध सुमधुर राख्न प्रयास गरेका थिए, उनकी नातिनीप्रति मोदीको यस्तो सन्देशले भारतले नेपालका प्रतिपक्षी दलहरूसँग पनि आफ्नो सम्बन्धलाई सुदृढ गर्न चाहेको संकेतका रुपमा हेरिएको छ ।
भारतले नेपालमा आफ्नो दीर्घकालीन रणनीतिक स्वार्थलाई सम्बोधन गर्न यो सन्देशलाई एक “सफ्ट पावर“ कूटनीतिक पहलका रूपमा समेत हेरिएको छ ।  साथै, यो सन्देशले ओली सरकार भन्दा प्रतिपक्षी दलहरूसँग भारत नजिक छ भन्ने सन्देश दिनुको साथै नेपालको वर्तमान सत्ताको विकल्पमा शक्ति खोज्ने भारतको प्रयासको झल्को पनि दिन्छ।
यो कदमलाई केवल शुभकामना भन्नु राजनीतिक दृष्टिले अपर्याप्त हुन सक्ने विश्लेषण गरिएको छ । आफ्नो प्रधानमन्त्रीकालमा प्रचण्डले भारतसँग विद्युत् व्यापारलगायत महत्त्वपूर्ण सम्झौता गरेका थिए । दिल्लीमा मोदीसंगको भेटमा प्रचण्डका साथमा गंगा दाहाल पनि संगै थिइन ।
यता केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानअघि प्रचण्डले त्यसलाई ‘चाइना कार्ड’ को संज्ञा दिएका थिए । यस विषयले राजनीतिक वृत्तमा तरङ्ग नै सिर्जना गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भ्रमणका लागि नबोलाएका मोदीले प्रचण्डकी नातिनीलाई भने शुभकामना सन्देश पठाएर ओलीमाथि दबाब बढाएको पनि कतिपयको बुझाई छ । यता ओलीले भने झापाका विभिन्न कार्यक्रममा सम्बोधनकै क्रममा चीनपछि अब आफू भारत जाने दाबीसमेत गरेका छन् ।
Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top