NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

मोदीसँग ओली भन्दा प्रचण्ड नजिक

मङ्लबार मंसिर २५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भारतमा १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२५ मंसिर, काठमाण्डौ।
नेपालमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीको विवाहलाई लिएर तडकभडक धेरै भयो भन्दै  माओवादी भित्रैबाट आलोचना भइरहेका बेला छिमेकी मुलुक भारतका प्रधानमन्त्रीले भने बधाई तथा शुभकामना संदेश पठाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रचण्ड’की नातिनी तथा गंगा दाहालकी छोरी स्मिताको विवाहका लागि शुभकामना दिएका हुन् । गंगा दाहाललाई सम्बोधन गरेर लेखिएको पत्रमा स्मिता र सयुज्यलाई दाम्पत्य जीवनको शुभकामना दिइएको छ ।
सोमबार दाहालले सामाजिक सन्जालमा सार्वजनिक गरेको पत्रमा ‘प्रचण्ड’लाई पनि अभिवादन गरिएको छ । डिसेम्बर ६ को बिहेको लागि चार दिन अगाडि मोदीले पत्रबाट शुभकामना दिएको पाइएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले  स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् ।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’ 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनीलाई वैवाहिक जीवनको शुभकामना दिनु सामान्य बधाई सन्देश मात्रै होइन । विश्लेषकहरुले यसलाई कूटनीतिक चश्माबाट हेर्दा केही गहिरा उद्देश्यहरू प्रकट हुन सक्छन्।
नेपालमा भारतको रणनीतिक चासोको ऐतिहासिक सन्दर्भले यो शुभकामनालाई केवल वैवाहिक सन्देशको रूपमा मात्रै होइन, राजनीतिक संकेतका रूपमा समेत हेरिएकोछ । नेपाल–भारत सम्बन्ध विभिन्न समयमा राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षमा उतार–चढावपूर्ण रहँदै आएको छ।
यस्तो व्यक्तिगत बधाई सन्देशले दुई देशबीचको सम्बन्ध सुधार्न र विश्वासको वातावरण बनाउन मद्दत पु¥याउन सक्छ। फेरि प्रचण्ड नेपालको प्रभावशाली राजनीतिक नेतृत्वमा रहँदै आएका छन्। यस प्रकारको सन्देशले मोदीले व्यक्तिगत रूपमा प्रचण्ड र उनको परिवारप्रति सम्मान देखाएका छन्, जसले राजनीतिक सम्बन्धमा पनि प्रभाव पार्न सक्छ।
प्रचण्ड र मोदीबीचका सम्बन्धलाई व्यक्तिगत तहमा सुदृढ बनाउने प्रयासको रूपमा पनि यो कदमलाई  हेरिएको छ । नरेन्द्र मोदीको यो सन्देशले व्यक्तिगत नाताको सम्मान गर्नका साथै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य बोकेको देखिन्छ।
यसले नेपालको राजनीतिमा भारतप्रतिको धारणा सुधार्न र दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पु¥याउने सम्भावना  पनि त्यति नै देखिन्छ। अर्काे तर्फ   वर्तमानमा केपी शर्मा ओली नेतृत्वको सरकार भारतको दूरी बढेको देखिन्छ ।
यसका आधार भनेको चाँही बीआरआईमा चासो र प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने विषयमा देखाएको अनिच्छालाई हेर्न सकिन्छ । ओलीको “राष्ट्रवादी“ छवि भारतको केही चासोलाई सम्बोधन गर्न असमर्थ भएको पनि देखिन्छ।
प्रचण्ड, जसले विगतमा भारतसँग सम्बन्ध सुमधुर राख्न प्रयास गरेका थिए, उनकी नातिनीप्रति मोदीको यस्तो सन्देशले भारतले नेपालका प्रतिपक्षी दलहरूसँग पनि आफ्नो सम्बन्धलाई सुदृढ गर्न चाहेको संकेतका रुपमा हेरिएको छ ।
भारतले नेपालमा आफ्नो दीर्घकालीन रणनीतिक स्वार्थलाई सम्बोधन गर्न यो सन्देशलाई एक “सफ्ट पावर“ कूटनीतिक पहलका रूपमा समेत हेरिएको छ ।  साथै, यो सन्देशले ओली सरकार भन्दा प्रतिपक्षी दलहरूसँग भारत नजिक छ भन्ने सन्देश दिनुको साथै नेपालको वर्तमान सत्ताको विकल्पमा शक्ति खोज्ने भारतको प्रयासको झल्को पनि दिन्छ।
यो कदमलाई केवल शुभकामना भन्नु राजनीतिक दृष्टिले अपर्याप्त हुन सक्ने विश्लेषण गरिएको छ । आफ्नो प्रधानमन्त्रीकालमा प्रचण्डले भारतसँग विद्युत् व्यापारलगायत महत्त्वपूर्ण सम्झौता गरेका थिए । दिल्लीमा मोदीसंगको भेटमा प्रचण्डका साथमा गंगा दाहाल पनि संगै थिइन ।
यता केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानअघि प्रचण्डले त्यसलाई ‘चाइना कार्ड’ को संज्ञा दिएका थिए । यस विषयले राजनीतिक वृत्तमा तरङ्ग नै सिर्जना गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भ्रमणका लागि नबोलाएका मोदीले प्रचण्डकी नातिनीलाई भने शुभकामना सन्देश पठाएर ओलीमाथि दबाब बढाएको पनि कतिपयको बुझाई छ । यता ओलीले भने झापाका विभिन्न कार्यक्रममा सम्बोधनकै क्रममा चीनपछि अब आफू भारत जाने दाबीसमेत गरेका छन् ।
LS Auto
Tags: #प्रचण्ड#प्रचण्ड नजिक#मोदीसँग प्रचण्ड

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.