×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

कर्णालीको लगातार तेस्रो जित, पोखराको प्लेअफ सम्भावना कठिन

२५ मंसिर २०८१

२५ मंसिर, काठमाण्डौ ।

गुल्शनकुमार झा र चाड्विक वाल्टनको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै १०६ रन बनाएको हो । जितसँगै कर्णालीले पाँच खेलबाट ६ अंक पु¥याएको छ । कर्णालीले जनकपुर बोल्ड्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार बेहोरेको थियो ।

तर, तेस्रो खेलमा चितवन राइनजलाई ६ विकेटले पराजित गर्दै कर्णाली प्रतियोगितामा पनुरागमन गर्न सफल भयो । त्यसयता कर्णालीले हारको स्वाद चाख्न पाएको छैन । कर्णालीले चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो । पोखराको भने यो तेस्रो हार हो ।

पोखरा चितवनसँग ८७ रन र जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तर, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सानदार पुनरागमन गरेको थियो । त्यो जितको लयलाई पोखराले कायम राख्न सकेन ।

यससंगै पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ । एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ । पराजित पोखरा २ अंकमा छैटौँ स्थानमा छ ।

कर्णालीका गुल्शनले अविजित रहँदै ४९ रनको इनिङ्स खेले । ढिला सुरुआत गरेका उनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरेका हुन् । वाल्टनले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए ।

अन्यको ब्याटिङ भने चल्न सकेन । पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रन बनाउँदै अल आउट भएको थियो ।

पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे । दोस्रो ओभरको तेस्रो बलमा पोखराका ओपनर दिनेशले जीवनदान पाए । युवा बलर विपिन शर्माको बलमा युनिश विक्रम सिंह ठकुरीले उनको क्याच मिस गरेका थिए ।

त्यो समय उनले ६ बलमा ९ रन बनाएका थिए । युनिशकै बलमा दिनेश छैटौं ओभरको तेस्रो बलमा आउट भए । अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका पोखराका ओपनर आन्द्रेस गौसले यो खेलमा १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।

गौस विपिन शर्माको बलमा विलियम बोसिस्टोबाट क्याच आउट भए । चौधौं ओभरको पहिलो बलमा विलियम बोसिस्टोले दिलिप नाथलाई आउट गराए । त्यसपछिको दोस्रो बलमा माइकल लिस्क बोल्ड आउट भए । त्यही ओभरको अन्तिम बलमा नारायण जोशीलाई एलबिडब्लु धरापमा पार्दै ५ विकेट पूरा गरे ।

एनपिएलको एकै इनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा ५ विकेट पूरा गरेका थिए । एनपिएलमा खराब लयबाट गुज्रिरहेका कुशल भुर्तेल १० बलमा १० रन बनाएर आउट भए ।

कुशलले ४ खेलमा मात्र १६ रन बनाएका छन् । एक समय ७४ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको पोखराले २९ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए ।

सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए । आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको थियो । एनपिएलमा अब बुधवार २ खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम लायन्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनीबीच हुनेछ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top