×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

विराटनगर पोखरासँग सुपर ओभरमा हार्याे, प्लेअफबाट बाहिरियो

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ।

Advertisement
Advertisement

चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरएको छ । यसअघि लुम्बिनी प्लेअफबाट बाहिरिएको थियो । एनपिएलकै पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं बलमा गौसले एक रन लिए।

सुपर ओभरमा पोखराले १८ रन जोड्यो। सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए। बलिङमा पोखराका रेइफर थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके।

दोस्रो बलमा पनि किर्टोनले एक रन लिए। तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके। चौथो बल डट भयो। पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो। छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो।

त्यसअघि दुवै टोलीले २० ओभरमा १३९–१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। १४० रनको लक्ष्य पछ्याउने क्रममा १९औं ओभरमा विराटनगरका प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो।

पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। ब्याटिङमा रेमन्ड रेइफर र नारायण जोशी थिए। बलिङमा बसिर अहमद आएका थिए। पहिलो बलमा नाराणयले रन लिन सकेनन्। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा रेइफरले छक्का प्रहार गरे।

चौथो बल डट भयो। पाँचौ बलमा पनि डट नै भएको थियो। अन्तिम बल छक्का भएसँगै दुवैको टोलीको स्कोर बरारबी भयो। खेलमा रेइफरले २३ बलमा ३४ रन जोडे। पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे।

उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए। ४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे।

जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए। पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो।

विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे।

त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड रेइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए।

गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे। नरेन भट्टले ४ रन मात्र जोड्न सके। उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए।

किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे। अन्तिम ओभरको पहिलो बलमा रेइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए।

विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे। बलिङमा पोखराका सागर ढकाल र रेइफरले २–२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र रेइफरले ३३ रन दिए।

जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकालेका थिए । अब पोखराले प्लेअफको संभावना बढाएको छ भने विराटनगर प्लेअफ होडबाट बाहिरिएको छ ।

विराटनगर तालिकाको अन्तिममा छ । ५ खेल खेलिसक्दा विराटनगरले एक मात्रै जित हासिल गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top