×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

मस्क बने ४०० अर्ब डलर सम्पत्ति भएको विश्वकै पहिलो व्यक्ति, कहाँबाट कमाए ?

२७ मंसिर २०८१

२७ मंसिर , एजेन्सी ।

अमेरिकी धनाढ्य एलन मस्क ४०० अर्ब डलर सम्पत्ति पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएसँगै बढ्न थालेको मस्कको सम्पत्ति पहिलोपटक ४०० अर्ब पुगेको हो ।

Advertisement
Advertisement

विश्वकै धनाढ्य व्यक्तिको रुपमा रहेका मस्कको कम्पनी स्पेसएक्सको सेयरमूल्यमा आएको उछालका कारण उनले यो दुलर्भ उपलब्धि हासिल गरेका हुन् । ब्लूमबर्ग इन्डेक्सका अनुसार बुधबार स्पेसएक्सको बजार पूँजीकरण करिब ५० अर्ब डलरले बढेको छ ।

यससँगै एकदिनमा मस्कको सम्पत्ति ६२.८ अर्ब डलरले बढेको छ । यस्तै विश्वका शीर्ष ५०० धनाढ्यको कुल सम्पत्ति १० ट्रिलियन डलर पुगेको ब्लूमबर्गले जनाएको छ । यो सम्पत्ति जर्मनी, जापान,अष्ट्रेलिया जस्ता देशहरुको गत वर्षको संयुक्त जीडीपी हाराहारी हुन आउँछ ।

सन् २०२४ को सुरुवातसँगै मस्कले थप २१८ अर्ब डलर सम्पत्ति जोडेका छन् । जुन शीर्ष ५०० धनाढ्यमध्येका कुनैले पनि आर्जन गरेको भन्दा बढी हो । यस्तै यो वर्ष मस्कको अर्को कम्पनी टेस्लाको मूल्य पनि ७१ प्रतिशतले बढेको छ ।

बुधबारको कारोबारमा टेस्लाको मूल्य बढेर प्रतिकित्ता ४२४.७७ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि कम्पनीको उच्च मूल्य सन् २०२१ मा कायम भएको थियो । डोनाल्ड ट्रम्पले स्वचालित कारका लागि सहज नीति ल्याउने र ईभी सवारीका लागि ट्याक्स क्रेडिट हटाउने विश्वासका साथ टेस्लाको मूल्यमा उछाल आएको छ ।

यस्तै गत मे महिनामा पूँजी जुटाएको एआई स्टार्टअप एक्सएआईको बजार मूल्य पनि दोब्बरले बढेर ५० अर्ब डलर पुगिसकेको छ । बुधबार स्पेसएक्सले कर्मचारी र भित्रि व्यक्तिहरुको १.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेको छ ।

एलन मस्कले ४ सय अर्ब डलर जस्तो कीर्तिमानी सम्पत्तिका प्रमुख स्रोतहरुमा भने सबैभन्दा पहिलो इलेक्ट्रिक वाहन कम्पनी टेस्ला रहेको छ । टेस्ला इलेक्ट्रिक गाडीहरूमा विश्वव्यापी अग्रणी बनेको छ।

टेस्ला कम्पनीको शेयरको मूल्य २०१० मा आइपिओ भएपछि अत्यधिक वृद्धि भयो। कम्पनीको मूल्याङ्कन ४१ ट्रिलियन भन्दा माथि पुगेको छ। मस्कसँग टेस्लाको १३–१५% शेयर छ, जसले उनको सम्पत्तिको ठूलो हिस्सा निर्माण गरेको हो।

अर्काे छ अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स । मस्कले २००२ मा स्पेसएक्स स्थापना गरे। नासा र अन्य संस्थाहरूसँगको ठूला सम्झौता यसमा रहेको छ । स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाले पनि आम्दानीमा योगदान गरेको छ।

स्पेसएक्सको मूल्य हाल ४१४० अर्ब भन्दा माथि छ। अर्काे छ पेपल । मस्कले आफ्नो पहिलो ठूलो आर्थिक सफलता पेपलबाट पाएका थिए । २००२ मा पेपललाई इबेईले ४१.५ अर्बमा किनेको थियो ।

Advertisement

जसमा मस्कले ४१८० मिलियन प्राप्त गरेका थिए । यस्तै उनका अन्य कम्पनीहरुमा न्यूरालिंक रहेको छ। यसले मस्तिष्क–मेशिन बनाउने प्रयास गरिरहेको छ । यस्तै भूमिगत सुरुङ प्रणाली निर्माण गर्ने द बोरिङ कम्पनी, एआई अनुसन्धानका लागि ओपनएआई, तथा पूर्व ट्वीटर एक्स लगायत समेत मस्कको नेतृत्वमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top