पहिला धम्की, अहिले निम्तोः सीसंग के चाहान्छन् ट्रम्प ?

२७ मंसिर , विराटनगर।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिंगपिंगलाई अमेरिका भ्रमणका लागि निम्ता पठाएका छन् । आउँदो २० जनवरीमा ट्रम्पले आफ्नो नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् ।

सीबीएस न्यूजले बताएको छ कि ट्रम्पले नोभेम्बरको सुरुवातमा नै चिनियाँ राष्ट्रपतिलाई निमन्त्रणा गरेका थिए । यद्यपि, सीले यो निमन्त्रणलाई स्वीकार गरे नगरेको अहिले नै स्पष्ट छैन । हालै ट्रम्पले चीनलाई ट्यारिफमा बृद्धि गर्ने अर्थात चिनियाँ समानमा कर बृद्धि गर्ने चेतावनी दिएका थिए ।

Advertisement

यसको बावजुद ट्रम्पले सीलाई निमन्त्रणा पठाएका हुन् । यता वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले भने यस मामिलामा तत्काल टिप्पणीका लागि अस्वीकार गरेका छन् । ट्रम्पको सपथ ग्रहणका दिन जनवरीमा हुन लागेको कार्यक्रमका लागि नवनिर्वाचित राष्ट्रपतिको टीम जोडतोडले तयारी गरिरहेको छ ।

सो कार्यक्रममा कयौं देशका नेताहरु र राष्ट्राध्यक्ष अमेरिका पुग्दैछन् । सीलाई पनि सोही कार्यक्रमका लागि निम्ता गरिएको हो । तर हालै ट्रम्पले चीनबाट आयातित सामानहरुमा कर बढाउने धम्की दिएपछि दुई देशबीचको सम्बन्धमा थप चिसो बढेको छ ।

टिकटकका लागि पनि चीनलाई धम्की दिइएको छ । त्यसमा भनिएको छ, अमेरिकी सरकारले टिकटकको चिनियाँ मुलको कम्पनी बाइटडान्सका लागि १९ जनवरीको समयसीमा निर्धातिर गरिएको छ ।

कम्पनीलाई भनिएको छ कि उसले या त सोशल मिडियामा आफ्नो एपलाई बेचोस वा अमेरिकी प्रतिबन्धको सामनाका लागि तयार होस् । सीबीएस न्यूजका अनुसार, टिकटक हालको अवस्थामा अदालतमा प्रतिबन्धबाट बच्नका लागि कानूनी लडाई लडिरहेको छ ।

यो मामिला सुप्रिम कोर्टमा पुगेको छ । तर धम्कीका बावजुद चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले बोलाएका छन् । आफ्नो दोस्रो कार्यकालमा ट्रम्प खासगरी अमेरिका–चीन सम्बन्धलाई सन्तुलनमा राख्न र अमेरिकी राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न केन्द्रित हुने विश्लेषण गरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालमा व्यापार असन्तुलनलाई ठूलो मुद्दा बनाएका थिए। उनले चीनसँग अमेरिका अनुकूल व्यापार सम्झौताहरू गर्न र चीनमा अमेरिकी निर्यात बढाउन चाहन्छन्। ट्रम्पले अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न चाहन्छन्, विशेष गरी ५जी, एआई, र स्याटेलाइट प्रविधिमा उनी हावी हुन् चाहान्छन् ।

सँगै हुवावे र अन्य चिनियाँ कम्पनीमाथि लगाइएको प्रतिबन्धलाई थप सुदृढ बनाउने उनको रणनीति रहने विश्लेषण गरिन्छ । अर्काे मुल विषयमा ताइवान र दक्षिण चीन सागरको मुद्दा रहेको छ। ट्रम्प प्रशासनले ताइवानलाई समर्थन गर्ने आफ्नो अडानलाई जारी राख्न चाहन्छ।

यसका लागि चीनको सैन्य विस्तारलाई रोक्नका लागि कूटनीतिक र सैन्य दबाब दिने प्रयास उनले गर्नेछन् । सहकार्यका सवालमा भने चीन र अमेरिकाले मिलेर हरित ऊर्जा र प्रदूषण घटाउने प्रयास गर्न सक्ने सम्भावना देखिएको छ ।

यस्तै ट्रम्पले चीनलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पारदर्शी र जिम्मेवार भूमिकामा ल्याउन चाहन्छन् भने उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनले अधिक सक्रिय भूमिका खेलोस् भन्ने ट्रम्पको अपेक्षा रहने समेत विश्लेषण गरिएको छ ।

यता भारतीय प्रधानमन्त्री र सीबीचको सम्बन्धमा आएको बदलावका बारेमा पनि चर्चा बढेको छ । यसबीच चीनको सत्तारूढ कम्युनिस्ट पार्टी (सीपीसी)का एक वरिष्ठ नेताले भनेका छन्, रूसमा अक्टुबरमा प्रधानमंत्री नरेंद्र मोदी र राष्ट्रपति शी जिनपिंगबीच भएको सफल भेटवार्ताले भारत–चीन सम्बन्धहरुमा नयाँ शुरुआत गरेको थियो ।

सीपीसीको आतंरिक विभागका मंत्री लियू जियानचाओले चीनमा भारतीय राजदूत प्रदीप कुमार रावतसंग छलफलका क्रममा मोदी–शीबीच रूसको कजानमा ब्रिक्स शिखर सम्मेलन इतर भएको भेटवार्ताको चर्चा गरेका हुन् ।

चीनको आधिकारिक मिडियाका अनुसार, लियूले यो कुराकानीका दौरान भने, चीन–भारत सम्बन्धलाई पुन सुरु गर्नुले दुवै देशको २.८ अर्ब मानिसहरुको आधारभूत हितहरुलाई पुरा गर्छ । यो वैश्विक दक्षिणको आम अपेक्षाहरु र इतिहासको सही दिशाको अनुरूप पनि हो ।

लियूले अगाडी भने चीन, भारतमा सबै राजनीतिक दलहरुका साथ मैत्रीपूर्ण आदान–प्रदानलाई बलियो बनाउन, दुवै देशका नेताहरुका बीच बनेको महत्वपूर्ण सहमतिलाई संयुक्त रूपले लागू गर्न र यस अनुसार, द्विपक्षीय सम्बन्धहरुलाई स्थिर र विकासको पथमा शीघ्र फिर्ता ल्याउन इच्छुक छ ।

खासमा पूर्वी लद्दाखमा चार वर्षभन्दा लामो समयदेखि चलिरहेको सैन्य गतिरोधका कारण दुई देशबीच द्विपक्षीय सम्बन्ध लगभग ठप्प भएको थियो । सो गतिरोधलाई समाप्त गर्नका लागि दुवै देशहरु सहमतिमा पुगेपछि २४ अक्टूबरमा मोदी र शीले कजानमा भेटवार्ता गरेका थिए ।

मोदी–शीबीचको बैठकपछि, विदेश मंत्री एस जयशंकर र चीनी विदेश मंत्री वांग यीले ब्राजीलमा जी २० शिखर सम्मेलनका क्रममा छलफल गरेका थिए । यसपछि चीन–भारत सीमा मामिलाहरुमा परामर्श र समन्वयका लागि कार्यविधिमा चर्चा भएको थियो ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top