×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ।

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement
Advertisement

साइबर अपराधको आरोपमा उनीविरुद्ध बुधवार मुद्दा दर्ता भएको थियो। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको श्रेष्तेदार रामु शर्माले बताएका छन् । शर्माका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको थियो।

ऐनमा यस्तो अपराध गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था भए पनि प्रसाईँमाथि यसअघि पनि यस्तै आरोप लागेको हुँदा डेढी सजाय अर्थात् जम्मा ७.५ वर्ष कैद सजायको माग गरिएको थियो। तर अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

उताआपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् । यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल नछुट्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । तर साइबरको कसुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारेको भन्दै प्रसाईंले बयान दिएका छन् ।

कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईं बयान दिएका छन् । यस्तै भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघि बढाइरहेको छ ।

Advertisement

अब साइबर अपराधको अभियोगबाट प्रसाईं तत्काललाई मुक्त भएपनि आपराधिक लाभ र संगठित अपराधको कसुरमा उनीमाथि अनुसन्धान जारी रहेकाले उनी तत्कालै हिरासतमुक्त हुने संभावना भने कम रहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top