×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

‘पुष्पा–२’ १००० करोड क्लबमा, सबै रेकर्ड तोड्यो

२७ मंसिर २०८१

२७ मंसिर , एजेन्सी ।

दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाइरहेको छ। अल्लु अर्जुन स्टारर यस फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्।

Advertisement
Advertisement

यो फिल्म विश्वभर ५ डिसेम्बरमा रिलिज भएको थियो । ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार पुष्पा २ ले मंगलबारसम्म हिन्दी संस्करणबाट ३ सय ७५ करोड भारु कमाएको छ । शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा सामेल हुन सक्छ।

यस फिल्मले भारतभरि सबै भाषामा ६८७ करोड नेट कलेक्सन गरिसकेको छ। व्यापार विज्ञ आमिर अन्सारीले पुष्पा–२ ले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म दंगलको रेकर्ड तोड्ने बताए। सन् २०१६ मा रिलिज भएको आमिर खानको फिल्म दंगलले २०७० करोडको विश्वव्यापी कलेक्सन गरेको थियो।

पुष्पा २ पहेलो भारतीय फिल्म हो जसले ६ दिनमा हिन्दी भाषामा ३७५ करोड भारु कमाएको छ। फिल्मले हिन्दी भर्जनमा २००, २५०, ३०० र ३५० करोड क्लबको रेकर्ड कायम गरिसकेको छ। यो फिल्म चीनमा रिलिज भएको छैन।

जसमा व्यापार विज्ञ सुमित कँडेलले चीनमा रिलिज नगरी पुष्पा–२ फिल्म दंगलको विश्वव्यापी कलेक्शन रेकर्ड तोड्ने बताए। ‘पुष्पा–२’ ले विश्वभर २९४ करोड कमाएको छ । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो।

हिन्दी संस्करणतर्फ ७२ करोड भारु कमाएको थियो। योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडिसकेको छ।‘पुष्पा २ द रुल’ ले पहिलो दिनमै १७५ करोडभन्दा बढी कमाइ गरेको थियो ।

यो कमाइले ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो ।  सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् ।

चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । फिल्ममा अल्लु अर्जुनको अभिनय सदावहार छ । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ ।

चलचित्रले अल्लू अर्जुनको उत्कृष्ट प्रदर्शन, उच्चस्तरीय एक्शन दृश्यहरू र सशक्त संगीतका कारण सकारात्मक समीक्षा प्राप्त गरेको छ । पहिलो भागमा दिहाडी मजदुरबाट चन्दनको तस्कर बनेका पुष्पा राज (अल्लू अर्जुन) अब आफ्नो क्षेत्रमा जनताको प्रिय बनेका छन्।

उनको बढ्दो प्रभावले शत्रुहरूको सङ्ख्या पनि बढेको छ, विशेष गरी एसपी भँवर सिंह शेखावत (फहाद फासिल) सँग । पुष्पा आफ्नो परिवार र प्रतिष्ठा जोगाउन संघर्षरत छन्, जसमा श्रीवल्ली (रश्मिका मन्दाना) को साथ छ।

कथाले पुष्पाको व्यक्तिगत र व्यावसायिक जीवनका चुनौतीहरूलाई प्रस्तुत गर्छ। अल्लू अर्जुनले पुष्पा राजको भूमिकामा आफ्नो अभिनयको नयाँ उचाइ छुँदै दर्शकहरूलाई मोहित पारेका छन्। उनको स्वाभाविक अभिनय, नृत्य, र एक्शन दृश्यहरूले चलचित्रलाई विशेष बनाएको छ।

रश्मिका मन्दानाले श्रीवल्लीको भूमिकामा सशक्त उपस्थिति जनाएकी छन्, भने फहाद फासिलले खलनायकको रूपमा प्रभावशाली प्रदर्शन गरेका छन्।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top