×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

भारतीय युवक बने विश्वकै कान्छो विश्व चेस च्याम्पियन

२८ मंसिर २०८१

२८ मंसिर , काठमाण्डौ।

१८ वर्षीय भारतीय किशोर गुकेश डोम्माराजू विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् । सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा बिहीबार चीनका डिङ लिरेनलाई हराएर उनले यो कीर्तिमान बनाएका हुन् ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय चेस महासङ्घले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो । डिङले आफ्नो रोमाञ्चक अन्तिम खेलमा राजीनामा दिएपछि गुकेश विजयी भए ।

आफू नयाँ विश्व च्याम्पियन भएको थाहा पाएपछि गुकेश दुवै हातले अनुहार छोपेर रोए । अन्तिम खेलमा गल्ती गरेपछि ३२ वर्षीय डिङ टेबलमा लडे । यसले उनको प्रतिद्वन्द्वीलाई अवसर प्राप्त भयो ।

खेल हेर्न आएका धेरै भारतीय र भारतीय मूलका स्थानीय सिङ्गापुरवासीसहित उत्साही प्रशंसकहरूले खेल हेर्ने कोठामा जोडले हर्षोल्लास व्यक्त गरेका थिए । गुकेशले २२ वर्षको उमेरमा विश्व च्याम्पियनको उपाधि जितेका रुसी गेरी कास्परोभको कीर्तिमानलाई पछाडि पारे ।

उनी पाँच पटकका विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दपछि उपाधि जित्ने दोस्रो भारतीय पनि बनेका छन् । गुकेशको १४ औँ खेलमा भएको विजयले उनलाई ७.५ अङ्क र डिङलाई ६.५ अङ्क दिलायो ।

यसले उनको विश्व च्याम्पियनशिप चुनौतीका लागि सबैभन्दा कम उमेरमा पुग्ने असाधारण उत्थानलाई पक्का गर्यो । जितका बीच पनि गुकेशमा घमण्ड देखिएन । उनले डिङको प्रशंसा गर्दै उनले पनि वास्तविक च्याम्पियनजस्तो युद्ध गरेको बताए ।

१८ वर्षीय गुकेशले विश्वकै सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियनको उपाधि जितेर नयाँ कीर्तिमान कायम गरेका छन् । गुकेशको जन्म सन् २००६ मा भारतको चेन्नईमा भएको थियो।

चेसमा उनको रुचि बाल्यकालमै विकास भएको थियो । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले कम उमेरमै ग्रान्डमास्टरको उपाधि प्राप्त गरे । यस उपलब्धिसँगै गुकेश विश्व चेसमा भारतका विशिष्ट युवा खेलाडीका रूपमा चिनिन थालेका थिए ।

विश्व चेस च्याम्पियनहरूको इतिहास सन् १८८६ बाट सुरु भएको थियो । जतिबेला पहिलो आधिकारिक विश्व चेस च्याम्पियनको प्रतिस्पर्धा आयोजना गरिएको थियो । क्लासिकल वर्ल्ड चेस च्याम्पियन्स १८८६मा विल्हेम स्टाइनिट्ज बनेका थिए ।

उनी पहिलो आधिकारिक विश्व चेस च्याम्पियन हुन् । यसपछि इमानुएल लास्कर विश्व च्याम्पियन बने । उनले २७ वर्षसम्म यो उपाधि राख्ने कीर्तिमान समेत बनाए । यसपछि १९२१ मा जोस राउल कापाब्लाङ्का बने । क्युबाका खेलाडी राउललाई “शतरंजको मानव गणना“ समेत भनिन्थ्यो।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top