×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

‘पुष्पा–२’का अभिनेता अल्लु अर्जुन पक्राउ

२८ मंसिर २०८१

२८ मंसिर ,  एजेन्सी ।

पछिल्लो समय प्रर्दशनमा आएको दक्षिण भारतीय चलचित्र पुष्पा–२’ले कीर्तिमानी प्रर्दशन जारी राख्दा यसै चलचित्रका मुख्य अभिनेता दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ।

Advertisement
Advertisement

केही दिनअघि उनको फिल्म ‘पुष्पा–२’ हैदरबादस्थित हलमा प्रदर्शन गर्ने क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो। फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो।

मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन्। रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्नेबित्तिकै उनलाई हेर्न फ्यानमा भागदौड मच्चिएको थियो।

भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुनसहित धेरै व्यक्तिविरुद्ध जाहेरी दर्ता गरिएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार हैदराबाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि चिक्कडपल्ली पुलिस स्टेसनमा लगेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

“जब ४ डिसेम्बरको दिन पुष्पा २ को स्क्रिनिङ भइरहेको थियो। हैदराबादमा संध्या थिएटरको नजिकै यसै इभेन्टको समयमा भागदौड़ मच्चियो । जसमा रेवती नामकी महिलाको ज्यान गयो । त्यहाँ उपस्थित उनका छोरा घाइते भए ।

यद्यपि यस दुर्घटनाबारे अल्लू अर्जुनले सामाजिक मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मार्फत आफ्नो प्रतिक्रिया दिएका थिए । उनले पीडितको परिवारलाई २५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। त्यहीँ दुखद दुर्घटनाप्रति आफ्नो संवेदना पनि प्रकट गरेका थिए।

पुलिसले पाँच डिसेम्बरमा महिलाको परिवारले दर्ता गराएको एक उजुरीका आधारमा अल्लू अर्जुन र उनका सुरक्षा टोलीसँग थिएटर प्रबंधनविरुद्ध भारतीय न्याय संहिता (बीएनएस)का धाराहरू १०५ र ११८ (१) अनुसार चक्कड़पल्ली पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानको क्रममा पुलिसले थिएटरका मालिकहरू मध्ये एक, उनका सीनियर र निचला बल्कनीका प्रभारीलाई पक्राउ गरेको छ। भारतीय न्याय संहिता अनुच्छेद १०५ अनुसार दोषी ठहरिएका व्यक्तिलाई कम्तिमा ५ वर्षको सजायदेखि लिएर आजीवन कारागारको सजाय दिइन सक्नेछ ।

जसमा दोषी व्यक्तिलाई आफ्नो जीवन पूरा जेलमा नै बिताउनु पर्छ। अदालतले दोषी ठहरिएका व्यक्तिलाई जरिवाना पनि लगाउन सक्छ । यसअघि अल्लु अर्जुनले महिलाको मृत्युको सम्बन्धमा आफूमाथि दर्ता गरिएको एफआईआरलाई खारेज गर्न अनुरोध गरेका थिए।

जसका लागि उनले बुधबार तेलंगाना उच्च अदालतको ढोका खटखटाएका थिए । यता अल्लु अर्जुन स्टारर यस फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्।

यो फिल्म विश्वभर ५ डिसेम्बरमा रिलिज भएको थियो । ट्रेन्ड एनालिस्ट तरण आदर्शका अनुसार पुष्पा २ ले मंगलबारसम्म हिन्दी संस्करणबाट ३ सय ७५ करोड भारु कमाएको छ । यस फिल्मले भारतभरि सबै भाषामा ६८७ करोड नेट कलेक्सन गरिसकेको छ।

फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडिसकेको छ। ‘पुष्पा २ द रुल’ ले पहिलो दिनमै १७५ करोडभन्दा बढी कमाइ गरेको थियो । यो कमाइले ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो ।

Advertisement

सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top