×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नेतृत्वप्रती असन्तुष्टि जनाउँदै प्रेस युनियनका ४२ सदस्यको सामुहिक राजिनामा

११ आश्विन २०७५

विराटनगर, असोज ११
नेतृत्वप्रती असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियन मोरङका ४२ सदस्यले राजीनामा दिएका छन् । प्रेस युनियन नेतृत्व चयनमा बिवाद बढेपछि जिल्ला अधिवेशनको मुखैमा भोजराज बस्नेत नेतृत्वमा पूर्वी मोरङका ४२ सदस्यहरुले सामुहिक रुपमा आज राजिनामा दिएका हुन् ।

प्रेस युनियन मोरङको शुक्रवारबाट विराटनगरमा हुने जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । प्रेस युनियनको जिल्ला सभापतिमा कुमार लुइटेल र भोजराज बस्नेतले दोबेदारी प्रस्तुत गरीरहेका छन् । लुईटेल बर्तमान कार्यसमितका उपसभापति हुन् भने बस्नेत गत अधिवेशनमा सभापतिमा मिनकुमार नवोदितसँग २ मतले पराजित भएका थिए ।

Advertisement
Advertisement

अन्नपूर्ण पोष्ट प्रदेश ब्यूरो प्रमुख समेत रहेका लुईटेललाई डेढ बर्ष अघि पत्रकार महासंघ मोरङको सचिवमा उठाउने तयारी गरेपनि अन्तिम समयमा प्रेस युनियनले ब्याक गराएको थियो ।

विराटनगरबाट पत्रकारितामा सकृय रहेका लुईटेल यसपटक सभापतिबाट ब्याक नहुने बताउँछन् । पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई अध्यक्षमा उठाउने बेला भोजराज बस्नेतलाई प्रेस युनियनको सभापतिको जिम्मेवारी दिने भद्र सहमती भएको थियो । तर सहमती कार्यन्यन गर्ने अवस्था नरहेकाले सामुहिक राजिनामा दिएको बस्नेतले बताए ।

जिल्लाको नेतृत्व सदरमुकाम बाहिर दिने सहमती भएको तर अहिले विराटनगरमा नै राख्ने षडयन्त्र भएको बस्नेतको आरोप छ ।

Advertisement
Advertisement

राजीनामा दिनेमा बस्नेत सहित दिनेश गिरी, राजु बस्नेत, केदार अधिकारी, सञ्जय गुरुङ, रेखा गुरुङ, अनु निरौला, दिपा बिष्ट, बबिता राई, सञ्जय राई, डम्बर बिक, भुवन कार्की, अनिल बराल, हिमाशुं राय, बिबेक मिश्र, गणेश पोखरेल, गोपाल काफ्ले र भिमराज अधिकारी, हरि कोइराला, रुपेन्द्र शेर्मा, तेजन खडका, दुर्गाप्रसाद खतिवडा, प्रशान्त निरौला,किशोर श्रेष्ठ लगायत रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top