त्रिविमा एकै पटक ८ डिन नियुक्त

२९ मंसिर ८१, आइतबार

३० मंसिर , काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन् । त्रिविको कार्यकारी परिषद्ले ८ डिन नियुक्त गरेको हो । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ ।त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन् ।

त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मीना राजभण्डारीलाई नियुक्त गरेको छ ।

मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा डिन नियुक्त गरिएको प्रवक्ता बोहराको भनाइ छ । ‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले बताएका छन् ।

सर्वसम्मतिले डिन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डिन नदोहो¥याउने नीति छ । छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो ।

वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । यही मंसिर २७ गते बसेको त्रिविको साधारण सभा (सिनेट) बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए ।

ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरि रिक्त डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न भनेका थिए । त्रिविका डिन तथा निर्देशक नियुक्तिमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति केशरजंग बरालबीच रस्साकस्सी भएको थियो । यही विषयमा तीन महिना लामो विवादपछि डिन र कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top