×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२०३४ को विश्वकपका लागि साउदीले थाल्यो तयारी

३० मंसिर २०८१

३० मंसिर ,एजेन्सी ।

सन् २०३४ को विश्वकप साउदी अरबमा आयोजना गर्ने निर्णय भएको छ । अक्टोबरमा अष्ट्रेलियाले आफ्नो बोली फिर्ता लिएपछि साउदी अरबको आयोजना सुनिश्चित भएको थियो । यसअघि २०३० को विश्वकप तीन महादेश (स्पेन, पोर्चुगल, र मोरक्को)मा विभाजित गरिएपछि, २०३४ को विश्वकप एसिया वा ओसियानिया क्षेत्रलाई दिने फिफाको रणनीति स्पष्ट थियो ।

Advertisement
Advertisement

सोहीअनुरुप साउदी आयोजक बनेको हो । यसकासाथै साउदी अरबले आफ्नो तयारी सुरु गरेको छ । विश्वकप आयोजना गर्नका लागि उसले पाँच शहरमा १५ रंगशाला निर्माण गर्ने योजना बनाएको छ । तीन स्टेडियम निर्माणाधीन छन् । यसमा एक रंगशाला एउटा बन्न बाँकी नयाँ सहर ‘निओम’ मा हुनेछ ।

निओम परियोजनाअन्तर्गत ३५० मिटर अग्लो स्थलमा निर्माण गरिने यो रंगशाला केवल उच्च–गतिको लिफ्ट र चालकविहीन गाडीमार्फत पुग्न सकिनेछ । साउदीको ‘क्लिफटप’, ‘मेक्सिकन वेभ’ जस्ता विशेष डिजाइनका रंगशालाहरूले भविष्यका रंगशालाहरूको निर्माण शैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

१५ रंगशालामध्ये चार पहिले नै बनिसकेका छन् भने तीन निर्माणाधीन छन्, जसले २०२७ को एसियन कप आयोजना गर्नेछन् । आठ स्टेडियमको निर्माण कार्य सुरु हुन बाँकी छ । विश्वकपका लागि साउदीले विमानस्थल विस्तार, उच्च–गतिको रेलमार्ग र सार्वजनिक यातायात प्रणालीको सुधार गर्ने योजना बनाएको छ ।

यस्तै, रियादमा नयाँ मेट्रो प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । तर, विशाल भू–भाग भएका साउदीमा रंगशालाहरूबीचको दूरीका कारण प्रशंसकहरूले प्रमुखतः हवाई यात्रामा निर्भर रहनुपर्नेछ ।

साउदी अरेबियाले १० प्रशंसक पार्क (प्रत्येक सहरमा दुई) निर्माण गर्ने योजना बनाएको छ । समर्थकहरुको बसोबासका लागि विभिन्न स्तरका होटल र आवासको व्यवस्था गरिनेछ । फिफाको प्रतिवेदनले साउदीको तयारीलाई उत्कृष्ट मूल्यांकन दिएको छ ।

साउदीको उच्च गर्मीलाई ध्यानमा राख्दै २०२२ को कतार विश्वकपजस्तै यो प्रतियोगिता पनि जाडो महिनामा आयोजना हुन सक्नेछ । अक्टोबरदेखि अप्रिल महिनामा तापक्रम १५–३० डिग्री सेल्सियस बीच रहन्छ भने मेदेखि सेप्टेम्बरसम्म तापक्रम २७–४३ डिग्री सेल्सियस पुग्छ ।

साउदीका खेल मन्त्रीका अनुसार, जाडो होस् वा गर्मी, वातावरण सहज बनाउनका लागि सबै तयारी गरिनेछ । यो विश्वकप जनवरीमा आयोजना हुने सम्भावना छ ताकि रमजान महिनासँग ठोक्किन नपरोस् ।

सन् २०२१ देखि साउदी अरबले ‘विजन २०३०’ अन्तर्गत खेल क्षेत्रमा व्यापक लगानी गर्दै आएको छ । फर्मुला वान, क्लब वर्ल्ड कप, स्पेनिश र इटालियन फुटबल कप जस्ता ठूला प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।

सार्वजनिक लगानी कोषमार्फत लिभ गोल्फ सिरीज सुरु गरेको छ । चार ठूला साउदी प्रो लिग क्लबहरूको स्वामित्व लिएको छ । साउदी अरबको मेजबानीले फिफाको पारदर्शिता र उत्तरदायित्वमा प्रश्न उठाएको छ ।

मानवअधिकार संगठनहरूले साउदी अरबलाई ‘आयोजना र प्रदर्शनको माध्यमबाट आलोचनालाई दबाउने प्रयास’ गरेको आरोप लगाएका छन् । यता, साउदी अरबले महिलाको सहभागितालाई प्रोत्साहन गर्दै खेलकुदमा सुधार ल्याउने प्रयास गरिरहेको दाबी गरेको छ ।

साउदी अरबलाई विश्वकपको मेजबानी दिनु खेल क्षेत्रको शक्ति सन्तुलन परिवर्तन हुँदै मध्यपूर्वमा केन्द्रित भइरहेको सङ्केत हो । पछिल्लो दशकमा, कतार र साउदी अरब जस्ता देशहरूले विश्व फुटबलमा आफ्नो उपस्थिति मजबुत बनाएका छन् ।

Advertisement

साउदी अरब र फिफाले अबको १० वर्षमा विश्वकपलाई विवादरहित बनाउने र मानवअधिकारका सवालहरूको समाधान गर्ने प्रतिबद्धता देखाउनुपर्ने छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top