ट्रम्पसँग हार्याे एबीसी न्युज, एक करोड ५० लाख डलर तिर्ने

३० मंसिर ,काठमाण्डौ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मानहानी गरेको मुद्दामा अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले एक करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपौलोसले गएको मार्च १० मा एक अन्तर्वार्ताका क्रममा ट्रम्प ‘बलात्कारको घटनाका निम्ति जिम्मेवार’ भएको टिप्पणी गरेका थिए ।

उनले पटकपटक यस्तो दाबी गर्दै ट्रम्पलाई समर्थन गरेकामा एक महिला सांसदलाई चुनौती दिएका थिए । यस घटनामा एबीसीले स्टेफानोपौलोसको टिप्पणीका विषयमा पश्चात्ताप भएको भन्दै वक्तव्य जारी गरेको छ ।

Advertisement

एबीसी न्युजले यो मुद्दा सुल्झाउनका लागि एक करोड ५० लाख अमेरिकी डलर परोपकारी दानका रूपमा राष्ट्रपति फाउन्डेसन तथा संग्रहालयलाई दिने बताइएको छ । ट्रम्पको कानुनी शुल्कका रूपमा १० लाख डलर दिने समेत एबीसी न्युजले जनाएको छ ।

यस विषयमा उसले सम्पादकीय पनि प्रकाशन गर्ने बताइएको छ । यसैबीच बेलायती सञ्चारमाध्यम बीबीसीले अमेरिकी टेक जायन्ट एप्पलविरुद्ध उजुरी हालिएको जनाएको छ । एप्पलले आइफोनमा सेयर गरेको एक भ्रामक समाचार (फेक न्युज)को स्रोत बीबीसी भनेर उल्लेख गरेपछि उजुरी दायर गरिएको बीबीसीले जनाएको छ ।

Advertisement

गएको साता बेलायतमा सार्वजनिक एप्पल इन्टेलिजेन्सले धेरै माध्यमको सूचनालाई एकीकृत गर्छ । र, एआईको माध्यमबाट नोटिफिकेसन दिन्छ । यस्तै एउटा सूचनामा एप्पल एआईले अमेरिकामा एक स्वास्थ्य उद्यमीको हत्या आरोपमा पक्राउ परेका लुइगी म्यांगियोनले आत्महत्या गरेको जनाएको थियो ।

उक्त सूचनाको स्रोत एप्पल एआईले बीबीसीको प्रकाशित समाचार भनेर झुटो दाबी गरेपछि उजुरी गरेको जनाइएको छ । यो विषयमा एप्पलसँग नै उजुरी गरिएको बीबीसीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि, अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सलाई समेत एआईले यसरी नै झुटो समाचारको हलवा दिइएको जनाइएको छ ।

एप्पल एआईमाथि झुटो समाचारको आरोप लागिरहेका बेला च्याटजीपीटीमा भने अब भिडिओ च्याट जसरी कुरा गर्न सकिने भएको छ । ओपनएआईले यस प्लेटफर्ममा क्यामेरा प्रयोग गर्न सकिने फिचर ल्याउन लागेको हो ।

यो फिचर उपलब्ध भइसकेपछि च्याटजीपीटीको एपले फोनको स्क्रिन र क्यामेराको एक्सेस पाउने छ । यसले गर्दा प्रयोगकर्तालाई बारम्बार फोटो अपलोड गरिरहन पर्दैन । कुराकानीकै क्रममा स्क्रिन शेयर गरेपछि च्याटजीपीटीले आफूले देखेको फोटो वा स्क्रिनको विषय वस्तुलाई आधार बनाई कुरा अगाडि बढाउनेछ ।

त्यस्तै भिडिओ च्याट गरेजसरी च्याटजीपीटीको एड्भान्स्ड भ्वाइस मोडसँग भिडिओमै कुराकानी गर्न सकिनेछ । यससँगै तपाईंको हाउभाउ, अनुहारको भाव आदिका आधारमा च्याटजीपीटीले कुरा गर्नसक्ने बताइएको छ ।

महिनौंको परीक्षणपछि गत सेप्टेम्बरमा ओपनएआईले एड्भान्स्ड भ्वाइस मोड सार्वजनिक गरेको थियो । यस फिचरको सहायताले च्याटजीपीटीसँग बोलेरै अन्तरक्रिया तरिकाले कुरा गर्न सकिन्थ्यो ।

गत मे महिनामा कम्पनीले लाइभ भिडिओ मोडको पनि चर्चा गरेको थियो । उक्त फिचरले क्यामेरा कसरी प्रयोग गर्न सक्छ भन्ने डेमो प्रस्तुत गरिएको थियो । अन्ततः भिडिओ मोडको चर्चा गरेको सात महिनापछि कम्पनीले यस्तो फिचर ल्याउन लागेको हो ।

यो फिचर उपलब्ध भइसकेपछि भ्वाइस मोडकै आइकनमा गई भिडिओ र स्क्रिन शेयरको अप्सन छान्न सकिनेछ । यो फिचर सुरुवाती चरणमा च्याटजीपीटी प्लस, प्रो र टिम्स प्रयोगकर्ताले प्रयोग गर्न पाउने बताइएको छ । इन्टरप्राइज र ईडीयू प्रयोगकर्ताले भने जनवरीदेखि मात्र यो फिचर प्रयोग गर्न पाउनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top