Nepal Times
Nepal Times
3
Shares

दिल्लीमा विधानसभा चुनावः आपको तयारी के छ ?

दिल्लीमा विधानसभा चुनावः आपको तयारी के छ ?

३० मंसिर ,एजेन्सी।

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले फेरि दिल्ली विधानसभा चुनाव लड्ने भएका छन् । आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो र अन्तिम सूची जारी गरेको छ । जसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँ दिल्ली विधानसभा सीटबाट उम्मेदवार बनाइएको छ ।

त्यस्तै कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ । यसबाहेक बुरारीबाट सञ्जीव झालाई टिकट दिइएको छ । चौथो सूचीमा आम आदमी पार्टीले ३८ जना उम्मेदवारलाई टिकट दिइएको छ । पार्टीले नांगलोई जाटबाट रघुविन्दर शौकीन र सुल्तानपुर माजराबाट मुकेशकुमार अहलावतलाई उम्मेदवार बनाएको छ ।

आम आदमी पार्टीको चौथो सूची जारी गरेपछि अरविन्द केजरीवालले सोसल मिडिया प्लेटफर्म एक्समा बीजेपी हराएको भन्दै पोस्ट गरेका छन् । मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।

त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए । तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् ।

अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो । टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् ।

उनले भाजपा भने ‘गायब’ भएको पनि लेखेका छन्, ‘भाजपा गायब छ । ऊसँग न मुख्यमन्त्रीको अनुहार छ, न योजना छ र दिल्लीका लागि कुनै दृष्टिकोण छ ।’ आफूहरुसँग भने दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ ।

उनले भनेका छन्, ‘भाजपासँग केबल केजरीवाललाई हटाउने मिसन छ । हामीसँग दस वर्षमा काम गरेको लामो सूची छ ।’ आपले हाल विधायक रहेका २० जनालाई भने टिकट दिएको छैन । यस्तै मनिष सिसोदियासहित दुई प्रभावशाली नेताहरुको क्षेत्र परिवर्तन भएको छ ।

जसमा सिसोदियालाई जंगपुराबाट टिकट दिइएको छ । यसअघि यहाँ प्रविण कुमार थिए । मनिष सिसोदिया तीन पटक पटपडगंज सीटबाट विधायक चुनिएका थिए । दिल्लीमा विधानसभा चुनाव हुनेवाला छ । छिटै नै चुनाव आयोग केन्द्रले शासित प्रदेशमा चुनावको मिति घोषणा गर्ने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.