Nepal Times
Nepal Times
3
Shares

फ्रान्समा आँधीको रौद्र रुप,हजारौंको ज्यान लियो

फ्रान्समा आँधीको रौद्र रुप,हजारौंको ज्यान लियो

१ पुष , एजेन्सी ।

फ्रान्सेली हिन्द महासागर द्वीपसमूह मेयोटेमा एक शताब्दीको सबैभन्दा शक्तिशाली चक्रवातले सयौँको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । रोयटर्सका अनुसार हजारौं प्रभावित भएको अनुमान गरिएको छ ।

चक्रवात चिडोले रातभर मायोट द्वीपमा २०० किलोमिटर प्रतिघण्टा गतिसहित प्रहार गरेको थियो, जसले आवास, सरकारी भवन र अस्पतालमा क्षति पुर्याएको छ । फ्रान्सेली अधिकारीहरूले मृतकहरूको संख्या सयौंमा पुग्न सक्ने र सम्भवतः हजारौंको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । स्था

नीयले यसलाई एक ठूलो त्रासदी भन्दै आफूले छिमेक र घर गुमाएको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मृतक र प्रभावित परिवारप्रति शोक व्यक्त गरेका छन् । चक्रवातका कारण आप्रवासीहरूको ठूलो संख्या बसोबास गर्ने मेयोटेमा पानी, खानेकुरा र अन्य सुविधाको सङ्कट देखिएको छ ।

हिन्द महासागरमा अवस्थित मायोट टापु फ्रान्सको नियन्त्रणमा छ । उता सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित भएका छन् । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण निम्तिएको खडेरी तथा अनिकालका कारण सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएका मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले जनाएको छ।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४५ वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले आउँदो सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेकामा ४० लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौँ सोमालीहरूको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको समाचार संस्था एएफपीले जनाएको छ । भोकमरीले अहिले सिङ्गो देशलाई सङ्कटमा पारेको खबरमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.