×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली वायुसेवालाई युरोपमा प्रतिबन्ध यथावत

१ पुष २०८१

१ पुष , काठमाण्डौ ।

नेपालका सबै वायुसेवा कम्पनीहरु फेरि पनि युरोपेली आकाशमा अस्वीकृत भएका छन । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।

Advertisement

नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुनः अस्वीकार गरेको हो । ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

गत शुक्रबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा निरन्तरता दिएको हो । ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् ।

यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् । यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनुृ हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ ।

ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ । ईयूले पहिलो पटक सन् २०१३ मा नेपालका सबै वायुसेवालाई सेफ्टी लिस्टमा राखेको थियो ।

त्यसयता नेपाल यस्तो सूचीबाट बाहिरिन सकेको छैन । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि सरकारको उच्च तहबाट ईयूको सेफ्टी लिस्टबाट बाहिरिन गरेको प्रयास अझै सफल हुन सकेको छैन ।

एक पक्षले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक दुई छुट्टाछुट्टै वर्गमा विभाजन नगरेसम्म ईयूले उसको सेफ्टी लिस्टबाट नहटाउने दाबी गर्दै आएको छ । अर्को पक्ष भने नेपालले चिनियाँ जहाज खरिद गरेका कारण ईयूले सेफ्टी लिस्टमा राखेको दाबी गर्दै आएको छ ।

तर, केहीले ‘नेपालका वायुसेवाहरू युरोपमा जाने भए पो सेफ्टी लिस्टमा पर्दा डर हुन्छ, युरोप नै नजाने भएपछि केही समस्या हुन्न’ भन्ने तर्क गर्ने गरेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान गर्ने भएका कारण कुनै बेला चार्टर वा अन्य उडान लिएर युरोेप जानुपर्ने अवस्था आयो भने ईयूको सेफ्टी लिस्टका कारण समस्या पर्न सक्ने उड्डयन विज्ञहरू बताउँछन् ।

ईयूले हाल जारी गरेको सेफ्टी लिस्टमा हवाईजहाज सेवा प्रदायकतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, समिट एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स र मकालु एयर छन् ।

त्यसैगरी हेलिकप्ट सेवा प्रदायतकर्त एयर डाइनेस्टी हेली सर्भिसेस, अल्टिच्युड एयर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर्स सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, प्रभु हेलिकप्टर्स र सिम्रिक एयर छन् ।

उता सन् २०२० देखि कमिसनले पाकिस्तानका वायु सेवा कम्पनीलाई पनि हवाई सुरक्षा चासोमा राख्दै आएको थियो । गत नोभेम्बर २९(मंसिर १४) गते कमिसनले पाकिस्तानलाई सुरक्षा चासोबाट हटाएको थियो ।

पाकिस्तानमा उड्डयन क्षेत्रमा सुधारका काम भएको भन्दै कमिसनले हवाई सुरक्षाबाट हटाएको कमिसनले नेपालमा भने हवाई सुरक्षाको काम नभएको जनाएको हो । युरोपियन युनियनले प्रत्येक ६÷६ महिनामा (मे र नोभेम्बर) हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन सार्वजिनक गर्ने गरेको छ ।

यसअघि गत जेठमा सार्वजनिक प्रतिवेदन पनि नेपाली वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमै राखिएको थियो । विगतमा नोभेम्बरको अन्तिमदिन प्रतिवेदन सार्वजनिक हुने गरेको भए पनि यसपटक डिसेम्बर १३ मा हवाई सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको हो ।

केही समयअघि देखि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको दाबी गर्दै आएका थिए ।

२०७९को भदौमा युरोपियन कमिसनको प्रतिनिधिमण्डल नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गर्न नेपाल आएको थियो । उड्डयन क्षेत्रमा भएका सुधारले नेपाल युरोपियन कमिसनको सुरक्षा चासोबाट हट्नेसमेत अधिकारीको दाबी थियो ।

‘नोभेम्बरमा बस्ने युरोपियन युनियन काउन्सिलको बैठकबाट नेपाल सुरक्षा चासोबाट बाहिरिने निश्चित छ,’ अधिकारीले दुई वर्षअघि भनेका थिए, ‘ईयूका प्रतिनिधिले नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका छन् ।’

प्राधिकरणका अधिकारीहरुले २०७९ माघमा यति एयरलाईन्सको दुर्घटना भएपछि नेपाली वायुसेवा कम्पनीहरु हवाई सुरक्षा चासोबाट नहटेको बताएका थिए । यो वर्षमात्र नेपाली आकाशमा दुई ठूला हवाई दुर्घटना भए ।

साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने साउन २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए । निरन्तर हवाई दुर्घटना बढ्दा नेपाली उड्डयन क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

नेपालले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक नछुट्याउँदासम्म युरोपियन युनियनको सुरक्षा चासोबाट हट्ने सम्भावना नरहेको केहीले दाबी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top