NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

नेपाली वायुसेवालाई युरोपमा प्रतिबन्ध यथावत

सोमवार पुस १ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
भोलिदेखि आकस्मिक उडान पनी बन्द गर्ने वायु सेवा सञ्चालक सङ्घको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ पुष , काठमाण्डौ ।

नेपालका सबै वायुसेवा कम्पनीहरु फेरि पनि युरोपेली आकाशमा अस्वीकृत भएका छन । युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ ।

नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुनः अस्वीकार गरेको हो । ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।

गत शुक्रबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा निरन्तरता दिएको हो । ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् ।

यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् । यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनुृ हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ ।

ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ । ईयूले पहिलो पटक सन् २०१३ मा नेपालका सबै वायुसेवालाई सेफ्टी लिस्टमा राखेको थियो ।

त्यसयता नेपाल यस्तो सूचीबाट बाहिरिन सकेको छैन । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि सरकारको उच्च तहबाट ईयूको सेफ्टी लिस्टबाट बाहिरिन गरेको प्रयास अझै सफल हुन सकेको छैन ।

एक पक्षले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक दुई छुट्टाछुट्टै वर्गमा विभाजन नगरेसम्म ईयूले उसको सेफ्टी लिस्टबाट नहटाउने दाबी गर्दै आएको छ । अर्को पक्ष भने नेपालले चिनियाँ जहाज खरिद गरेका कारण ईयूले सेफ्टी लिस्टमा राखेको दाबी गर्दै आएको छ ।

तर, केहीले ‘नेपालका वायुसेवाहरू युरोपमा जाने भए पो सेफ्टी लिस्टमा पर्दा डर हुन्छ, युरोप नै नजाने भएपछि केही समस्या हुन्न’ भन्ने तर्क गर्ने गरेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान गर्ने भएका कारण कुनै बेला चार्टर वा अन्य उडान लिएर युरोेप जानुपर्ने अवस्था आयो भने ईयूको सेफ्टी लिस्टका कारण समस्या पर्न सक्ने उड्डयन विज्ञहरू बताउँछन् ।

ईयूले हाल जारी गरेको सेफ्टी लिस्टमा हवाईजहाज सेवा प्रदायकतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, समिट एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स र मकालु एयर छन् ।

त्यसैगरी हेलिकप्ट सेवा प्रदायतकर्त एयर डाइनेस्टी हेली सर्भिसेस, अल्टिच्युड एयर, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकप्टर्स सर्भिसेस, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, प्रभु हेलिकप्टर्स र सिम्रिक एयर छन् ।

उता सन् २०२० देखि कमिसनले पाकिस्तानका वायु सेवा कम्पनीलाई पनि हवाई सुरक्षा चासोमा राख्दै आएको थियो । गत नोभेम्बर २९(मंसिर १४) गते कमिसनले पाकिस्तानलाई सुरक्षा चासोबाट हटाएको थियो ।

पाकिस्तानमा उड्डयन क्षेत्रमा सुधारका काम भएको भन्दै कमिसनले हवाई सुरक्षाबाट हटाएको कमिसनले नेपालमा भने हवाई सुरक्षाको काम नभएको जनाएको हो । युरोपियन युनियनले प्रत्येक ६÷६ महिनामा (मे र नोभेम्बर) हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन सार्वजिनक गर्ने गरेको छ ।

यसअघि गत जेठमा सार्वजनिक प्रतिवेदन पनि नेपाली वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमै राखिएको थियो । विगतमा नोभेम्बरको अन्तिमदिन प्रतिवेदन सार्वजनिक हुने गरेको भए पनि यसपटक डिसेम्बर १३ मा हवाई सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको हो ।

केही समयअघि देखि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको दाबी गर्दै आएका थिए ।

२०७९को भदौमा युरोपियन कमिसनको प्रतिनिधिमण्डल नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गर्न नेपाल आएको थियो । उड्डयन क्षेत्रमा भएका सुधारले नेपाल युरोपियन कमिसनको सुरक्षा चासोबाट हट्नेसमेत अधिकारीको दाबी थियो ।

‘नोभेम्बरमा बस्ने युरोपियन युनियन काउन्सिलको बैठकबाट नेपाल सुरक्षा चासोबाट बाहिरिने निश्चित छ,’ अधिकारीले दुई वर्षअघि भनेका थिए, ‘ईयूका प्रतिनिधिले नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका छन् ।’

प्राधिकरणका अधिकारीहरुले २०७९ माघमा यति एयरलाईन्सको दुर्घटना भएपछि नेपाली वायुसेवा कम्पनीहरु हवाई सुरक्षा चासोबाट नहटेको बताएका थिए । यो वर्षमात्र नेपाली आकाशमा दुई ठूला हवाई दुर्घटना भए ।

साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने साउन २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए । निरन्तर हवाई दुर्घटना बढ्दा नेपाली उड्डयन क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

नेपालले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक नछुट्याउँदासम्म युरोपियन युनियनको सुरक्षा चासोबाट हट्ने सम्भावना नरहेको केहीले दाबी गरेका छन् ।

Tags: #नेपाल वायु सेवा#नेपाली वायुसेवा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.