१ पुष , काठमाण्डौ।
काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।
उनी पूर्व पूर्वजनसंख्यामन्त्री समेत थिए । उनको पार्थिव शरीरलाई चाक्सीबारी निवासमा नै राखिएको छ । त्याहा महानगरका मेयर बालेन्द्र शाह बालेन, उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले श्रद्धान्जली दिएका छन् ।
सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा समेत राखिने छ । सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । उनको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।
लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन ।
उनी गणेशमान सिंहका धर्मपुत्र हुन् । उनले सर्वमान्य नेता गणेशमानको प्रमुख सहयोगी भएर काम गरेका थिए । सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो । उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।
पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।