Nepal Times
Nepal Times
3
Shares

कर्णाली प्लेअफमा पुग्दा काठमाडौं बाहिरियो, शीर्ष ४मा को–को परे ?

कर्णाली प्लेअफमा पुग्दा काठमाडौं बाहिरियो, शीर्ष ४मा को–को परे ?

१ पुष , काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समिकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो। ६ विकेटले पराजित भएपनि कर्णाली प्लेअफमा पुगेको छ ।

कर्णालीले दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली एनपिएलको प्लेअफमा प्रवेश गरेको छ। यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको थियो।

कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन्।विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११÷११ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई÷दुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारे। लिग चरणको २८ खेल सकिदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो ।

दोस्रो स्थानको जनकपुर बोल्ट्सले १० अंक जोड्यो । चितवन राइनोज ८ अंकसहित तेस्रो हुँदा अन्तिम खेलमा पराजित भएको कर्णाली ८ अंक जोडेर चौथो भयो । ८ अंक नै जोडेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दै बाहिरिएको छ ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स हारपछि पनि प्लेअफ पुगेको हो ।

यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्ने थियो । अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन्। तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटरमा भिड्नेछन्।

बुधबार विहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर हुनेछ। इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। यस्तै पहिलो क्वालिफायर जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफयार जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफाइर बिहीबार हुनेछ भने फाइनल शनिबार हुनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.