रेलिगेसन नजिक रहेको लेगानेससँग हा¥यो बार्सिलोना

३० मंसिर ८१, सोमबार

१ पुष , एजेन्सी ।

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति लिग लिडर बार्सिलोनाले लेगानेससँग १–० को हार बेहोरेको छ । यसको बावजुद, गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा कायमै छ । समान ३८ अंक भएको एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा गेटाफेलाई १–० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

Advertisement

६९ औं मिनेटमा अलेक्सान्द्र सोरलोथले गरेको गोलमा एट्लेटिकोले जित निकालेको हो । यस सिजन अवे खेलमा कमजोर प्रदर्शन गर्दै आएको गेटाफेले एट्लेटिकोलाई कडा चुनौती दिएको थियो । तर, गोलरक्षक यान ओब्लाकको उत्कृष्ट प्रदर्शनले एट्लेटिकोको जित सुनिश्चित ग¥यो ।

बार्सिलोनाको प्रदर्शन भने अपेक्षाकृत कमजोर रह्या े। लेगानेसविरुद्ध तीन अंक हासिल गर्दै शीर्षस्थान बलियो बनाउन सक्ने भए पनि बार्सिलोनाले त्यो अवसर गुमाएको हो । लेगानेसका गोलकिपर मार्को दिमित्रोभिचले पहिलो हाफमा बार्सिलोनाको धेरै अवसर रोक्दै शानदार खेल प्रस्तुत गरे ।

प्रशिक्षक हान्सी फ्लिकले दोस्रो हाफमा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो र लामिन यामाललाई मैदानमा उतारे पनि टोलीमा खासै सुधार आउन सकेन । यो जितले लेगानेसलाई १५औं स्थानमा पु¥याएको छ, जसले रेलिगेसन जोनभन्दा चार अंकको दूरी बनाएको छ ।

यो नतिजाले लिगको थप रोमाञ्चकता बढाएको छ । आगामी शनिबार शीर्ष दुई टोली बार्सिलोना र एट्लेटिकोबीच भिडन्त हुनेछ, जुन उपाधि दौडको लागि निर्णायक हुन सक्छ । १८ खेलमा ३८ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ३८ र तेस्रो स्थानको रियलको ३७ अंक छ । ला लिगामा आइतवार अन्य खेलमा रियाल बेटिसले भियारियाललाई २–१ ले पराजित गर्यो । डेपोर्टिभो अलाभेस र एथ्लेटिक क्लबले १–१ तथा रियाल सोसिडाड र लस पल्मसले गोलरहित बराबरी खेले ।

यता इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको चेल्सीले शनिबार राति ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो शानदार प्रदर्शनलाई कायम राखेको छ । यो जितपछि एक खेल कम खेलेको लिभरपुलसँगको दूरी दुई अंक (३४) मा झरेको छ ।

एन्जो मारेस्काको नेतृत्वमा टोलीले हाल १० खेलमा अपराजित यात्रा कायम राख्दै सबै प्रतियोगितामा लगातार सात खेल जितिसकेको छ । चेल्सीको लिगमा अन्तिम हार अक्टोबरमा लिभरपुलसँग २–१ को थियो ।

खेलमा चेल्सीका मार्क कुकुरेलाले पहिलो हाफको ४३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निकोलस ज्याक्सनले ८०औं मिनेटमा अर्को गोल थप्दै स्कोर २–० बनाए । तर अन्तिम क्षणमा ब्रेन्टफोर्डका ब्रायन एमबुमोले ९०औं मिनेटमा गोल गर्दै खेललाई रोचक बनाएका थिए।

त्यसपछि कुकुरेला दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि चेल्सी आफ्नो अग्रता जोगाउन सफल भयो । यो जितपछि चेल्सी तेस्रो स्थानको आर्सनलभन्दा चार अंकले अघि रहेको छ । चेल्सीले अब लिभरपुललाई अझै नजिकबाट चुनौती दिन तयार देखिन्छन् ।

निरन्तर उत्कृष्ट प्रदर्शनले चेल्सीलाई उपाधि दौडमा बलियो स्थान दिलाएको छ । उता खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २–१ पराजित गरेको हो ।

जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च प्रर्दशनमा युनाइटेड जित निकाल्यो ।

उनले अन्तिम मिनेटमा गोल गरेका हुन् । खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ। २२ अंकसहित युनाइटेड १३ औं स्थानमा छ । आइतवारका अन्य खेलमा दोस्रो स्थानको चेल्सीले बेन्फोडलाई २–१ ले र टोटनहमले साउथहेम्टनलाई ५–० ले हराएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top