असोज १७ देखि डिभी खुल्ने, आवेदन भर्दा नयाँ नियम

असोज १७ देखि डिभी खुल्ने, आवेदन भर्दा नयाँ नियम

काठमाडौँ,असोज ११
सन् २०२० को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन अक्टोबर ३, २०१८ (२०७५ असोज १७) बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासद्वारा जारी वक्तव्यमा नोभेम्बर ६, २०१८ (२०७५ कात्तिक २०) सम्म आवेदन भर्न सकिने जनाइएको छ।

दूतावासले जारी गरेको वक्तव्यमा ‘दर्ता गर्दा तपाईँले आफ्ना पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ भनिएको छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने उल्लेख गरिएको छ ।
यस्तै २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको जनाउँदै दूतावासले मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिने उल्लेख गरेको छ। यसैगरी एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिने समेत वक्तव्यमा उल्लेख छ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा पनि अयोग्य ठहरिने जनाउँदै दूतावासले फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्ने जनाइएको छ।

यस्तै फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु नहुने समेत वक्तव्यमा जनाइएको छ। यसको नतिजा २०७६ वैशाख २४ मा आफ्नो कन्फर्मेसन नम्बर धधध।मखयिततभचथ।कतबतभ।नयख मार्फत हेर्न सकिने दूतावासले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.