यू–१९ महिला एसिया कपमा नेपालको एतिहासिक जित, पाकिस्तान पराजित

३० मंसिर ८१, सोमबार

१ पुष ,काठमाण्डौ।

मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पहिलो पटक हराएर ऐतिहासिक जित हासिल गरेको छ । आज दिउँसो भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

Advertisement

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

नेपालले भोलि भारतसँग खेल्ने छ । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

Advertisement

अब नेपालले मंगलबार भारतसामु चुनौती पेस गर्दा यही खेलबाट समूह बी को विजेता टुंगो लाग्ने छ । अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगिसकेका छन् । मलेसियाले भने पाँचौं स्थानका लागि पाकिस्तानसँग खेल्ने तय भइसकेको छ ।

नेपालले सुरुआत भने राम्रो गर्न सकेको थिएन । २३ रन बनाउँदा नै ओपनर सावित्री धामीलाई फतिमा खानले बोल्ड गरेकी थिइन् । उनले आठ रन मात्रै जोडिन् । नेपालको स्कोर बोर्डमा थप चार रन जोडिँदा अर्की ओपनर साना प्रभिन पनि फतिमाबाटै १० रनमा रनआउट भइन् ।

तर, तेस्रो नम्बरमा आएकी पूजाले अविजित ४७ रन बनाउँदै नेपालको जित पक्का गरिन् । ४७ बल नै खेलेकी उनले तीन चौका प्रहार गरिन् । उनले तेस्रो विकेटका लागि उपकप्तान सोनी पाख्रिनसँग ३१ रनको साझेदारी गरेकी थिइन् ।

१३ रन बनाएकी सोनी कोमल खानबाट रन आउट भइन् । यस्तै, जोत्सनिका मरासिनीले खाता खोल्न सकिनन् । तर, पूजाले सिमना केसीसँग पुनः ३९ रनको साझेदारी गर्दै जित पक्का गरिन् । सिमना १२ बल खेल्दै १२ रनमा अविजित रहिन् ।

पाकिस्तानकी फतिमा र कुरातुलाइनले समान एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

नेपालका लागि पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीको नाममा समान एक विकेट रह्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top