Nepal Times
Nepal Times
3
Shares

एसिया कपमा आज नेपाल भर्सेस भारत

एसिया कपमा आज नेपाल भर्सेस भारत

२ पुष ,काठमाण्डौ।

मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिस्पर्धा हुँदैछ । क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा अहिले ११ः४५ मा खेल सुरु हुनेछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

लगातारको दोस्रो हारसहित पाकिस्तानले पाँचौं स्थानका लागि खेल्ने भएको छ । यता भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् ।

यसमा समूह ‘ए’मा बंगलादेश, मलेसिया र श्रीलंका छन भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । यही खेलले समूह ‘बी’ को विजेता टुंगो लाग्नेछ । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.