×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

रवि र निकितासँग कति छ सम्पत्ति ?२९ करोड कारोबार के हो ?

२ पुष २०८१

२ पुष , काठमाण्डौ।

सहकारी प्रकरणमा २ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले रविमाथिको अनुसन्धानका क्रममा आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति आपत्ति जनाएकी छन् ।

Advertisement

उनले प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी छन् ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् ।

उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् ।

‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् । उनले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’

यसअघि रवि उपप्रधान तथा गृहमन्त्री रहदा उनको समेत सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो । गत जेठमा तत्कालीन उपप्रधानमन्त्री रविले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ।

उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख थियो । यस्तै रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (संगोलमा) जग्गा पनि छ। सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन्। यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्।

चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ। रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ। निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ। निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ।

चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ। निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

अहिले रविमाथि सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर गर्न कास्की प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले यही कसुरमा रविमाथि सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

तर अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर कस्तो मुद्दा दर्ता गर्ने भन्ने निर्णय गर्नेछ । रविमाथिको अनुसन्धान जारी रही प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको अवस्थामा रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार रहेको भन्ने आशयका खबरहरु बाहिरिरहेका छन् ।

प्रहरीको स्रोतलाई उदृत गर्दै बाहिरिएका खबरहरुमा रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको दावी गरिएको छ ।

जसमा रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको भनिएको छ ।

सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको भनिएको छ ।

त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको दावी गरिएको छ । यस्तै निकिताको सिद्धार्थ बैंकमा रहेको खातामा चार वर्षमा ६ करोड ५७ लाख कारोबार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा निकिताका नाममा एउटा डलर खातासहित कुल तीन खाता रहेको जहाबाट तीन करोड ७७ लाखको कारोबार भएको दावी गरिएको छ ।

त्यस्तै, सोही बैंकको अर्को खाता १ करोड ५ लाखको कारोबार, उनकै ग्लोबल आईएमईको खातामा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ दावी गरिएको छ ।

यी सबै दावीहरु भ्रमक रहेको भन्दै निकिताले मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी छन् । उनले आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझाइसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् ।

भर्खरको समाचार

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top