×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उद्योगको बिजुली कटौती गर्न कुलमान बाध्य

२ पुष २०८१

२ पुष ,काठमाण्डौ।

माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म साँझको समयमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै देशभित्रका नदी प्रवाही जलविद्युत आयोजनाको उत्पादन एक तिहाइ घट्ने तर, पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको बिजुली कटौती गर्नु पर्ने अवस्था आएको विद्युत प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement

संचालनमा रहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था भने नरहेको प्रष्ट पारेका छन् । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो ।

आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते ९१५ मार्च २०२५० सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था रहेको पनि प्राधिकरणको भनाई छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

घिसिङले भने, ‘पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।’

हिजो मात्रै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न लागिएको बताएका थिए । मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत खरिद गर्न लागिएको बताएका हुन् ।

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन भारतसँग ६५० मेगावाट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने उनको भनाइ छ । उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिन भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताए ।

सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तीब्रता दिएको भन्दै ऊर्जामन्त्री खड्काले विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा सरकार गम्भीर रहेको बताए । ‘केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ, तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौं ।

नेपालले ९०० मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौं । साढे ६०० मेगावाट आपूर्ति गर्ने भयौं । नेपालभित्रै साढे ३०० मेगावाट थप हुने भयो । यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन’, ऊर्जामन्त्री खड्काले भनेका थिए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पीक आवर (साँझ ५ देखि ९ बजेसम्म) मा विद्युत् माग झन्डै १,९०० मेगावाट पुग्दा उत्पादन मात्र १,५६७ मेगावाटमै सीमित छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ५००–६०० मेगावाट बिजुली अभाव भइरहेकाले समस्या झन् गहिरिएको बताएका छन् ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले सुक्खायाममा उत्पादन एकतिहाइले घट्ने जानकारहरू बताउँछन्।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top