×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

हिरासतमा सुतेका रविको फोटो डा. निकोलसले कसरी खिचे ?

४ पुष २०८१

४ पुष, काठमाण्डौ।

गएरातिदेखि सामाजिक संजालमा भाइरल भइरहेको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको फोटो रास्वपाका समर्थक डा.निकोलस भुसालले खिचेको खुलेको छ । रास्वपाका नेताहरुले नै प्रहरी हिरासतबाट रविको तस्विर कसरी बाहिरियो भन्ने विषयमा प्रश्न गरिरहेको र रविले समेत प्रहरी हिरासताबाटै आफ्नै तस्विर खिचेर सामाजिक संजालमा सार्वजनिक भएपछि असुरक्षित महसुस गरिरहेको बताएको खबर बाहिरिरहेका बेला भुसाल आफैले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन् ।

Advertisement
Advertisement

‘तस्बिर मैले नै खिचेको हो । नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो। त्यसैले हटाएँ ।’

भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए ।

तर, रास्वपा सह–कोषाध्यक्ष दिपक बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका थिए । कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए ।

तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्ने अडान लिएपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको बताइएको थियो । यता, कास्की प्रहरीले सो तस्बिर पोस्ट गर्ने व्यक्ति खोजीमा जुटेको बताएको छ ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले आफूहरू घटनाबारे जानकार रहेको र अनुसन्धान भइरहेको बताएका छन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न गरेका थिए ।

उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो । सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका थिए, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’

तर, अहिले सो तस्बिर रास्वपा समर्थक डा. निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको छ । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका छन् । रविको सुतिरहेको तस्विर सामाजिक संजालमा भाइरल भएपछि एमालेका महासचिव शंकर पोखरेलले पनि यसै विषलाई लक्षित गर्दै स्टाटस लेखेका छन् ।

पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको चरम दुरूपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको भनेर टिप्पणी गरेका छन्। महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन, सोसल मिडियाको स्टन्ट र प्रपोगान्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्।

अति सर्वत्र वर्जयेत्। उनले कसैको नाम नलेखी यो टिप्पणी परेका छन्। रवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई त्यसयता कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

Advertisement
Advertisement

पूर्वगृहमन्त्री समेत रहेका रविलाई अन्य थुनुवा भन्दा फरक ठाउँमा राखिएको छ । उनलाई अदालतले पछिल्लो समय ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले रविविरुद्धको प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको अवस्थामा अब संभवत भोलि नभए आइतबार कास्की अदालतमा रविविरुद्ध मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालय कास्कीको तयारी छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top