×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?

५ पुष २०८१

५ पुष ,काठमाण्डौ।

नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधिको छिनोफानो हुन् अब एकरात मात्रै बाँकी छ । भोलि मध्यान्न सुरु हुने सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलमा उपाधि कसले जित्ला भन्ने आआफ्नै अनुमान छ । सुदूरपश्चिम र जनकपुरमा आआफ्नै समर्थकहरु आफ्नो रोजाईमा रहेको टिमले जित्ने दावी गरिरहेका छन् ।

Advertisement
Advertisement

केहीले यसअघिका खेल जस्तै सुदूरले सहज जित निकाल्दै उपाधि जित्ने दावी गरिरहेका छन् भने केहीले जनकपुरले तेस्रो भेटमा बदला लिदै उपाधि उचाल्ने दावी गरिरहेका छन् । तर यी सबै दावी र अनुमान मात्रै हुन् । यसको वास्तविक परिणामका लागि भने भोलि सम्म नै कुर्नुपर्नेछ ।

यी दुवै टोली फाइनलमा भिड्दा तेस्रो पटक भेट हुन लागेका हुन्। यसअघिका दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी छ। सुदूरपश्चिम जनकपुरलाई फाइनलमा हराउँदा ह्याट्रिक जितसहित पहिलो उपाधि उचाल्नेछ। तर जनकपुरलाई भने लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला उपाधि भिडन्तमा लिने मौका छ।

एनपिएल उपाधिसँगै उत्कृष्ट नेपाली खेलाडीले पाउने करिव ६२ लाखको ओमोडाको कार कसले जित्ला भन्ने कौतुहल्ता क्रिकेटप्रेमीहरुमा देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग सुरु हुनु अघि नै शारदा ग्रुपसँग एनपिएलको ‘ड्रिभन बाई’को रुपमा ओमोडा एण्ड जेइको सँग सम्झौता गर्दै प्लेअर अफ दि सिरिज हुने नेपाली प्लेअरलाई कार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

यसका लागि फाइनलमा पुगेका दुई टिमका उत्कृष्ट खेल प्रर्दशन गर्ने दुई खेलाडी र समूह चरणबाटै बाहिरिएपनि ब्यक्तिगत रुपमा उत्कृष्ट खेल प्रर्दशन गर्ने लुम्बिनीका कप्तानलाई संभावित उत्कृष्ट खेलाडीका रुपमा हेरिएको छ ।

जसमा उपाधि भिड्न्त गर्ने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी ,जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशी वा नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान समेत रहेका रोहित पौडेल मध्ये कुनै एक खेलाडीले कार चढ्ने आंकलन गरिएको छ ।

लिग चरणमा रोहितको टिम लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएपनि उनले सर्वाधिक रन बनाएका छन् । लुम्बिनीले हारिरहँदा पनि कप्तान रोहितले ब्याट र बलबाट सफल भए । अझै पनि नेपाली खेलाडीमध्ये धेरै रन बनाउनेमा रोहित नै सबैभन्दा अघि छन् ।

यसबाहेक दीपेन्द्रले बल र ब्याट मात्र नभई मैदानमा नेतृत्व गर्नेदेखि फिल्डिङ पनि उत्कृष्ट गर्दै सबै क्षेत्रमा लिड लिएर आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका छन् । अब उनले उपाधि समेत दिलाए भने उनको संभावना झनै अधिक बन्न जान्छ ।

यसबाहेक जनकपुरको फाइनल यात्रा योगदान धेरै दिने खेलाडीमा अगाडि रहेका छन् जनकपुरमा ललित राजवंशी । ललितले सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै सर्वाधिक १६ विकेट लिएका छन् । जनकपुरका विदेशी खेलाडीहरु नै हावी बन्दा बलिङमा ललित र किशोरको जोडी जमिरहेका छन् ।

सुदूरपश्चिमलाई फाइनल पु¥याउन नेतृत्व गर्नेका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्र सिंह ऐरी कारको दाबेदारको रुपमा छन् । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् ।

यसैले त उनले भोलिको उपाधि भिड्न्तमा दबाबरहित रुपमा खेल्ने बताएकाछन् । दीपेन्द्रले ८ खेलमा १ अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए ।

त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे । चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् ।

पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । दीपेन्द्रले बलिङमा कुल ८ विकेट लिएका छन् ।

ललितले विकेटबाट जनकपुरलाई उपाधि यात्रासम्म डोर्याएका छन् । उनी सुरूवातदेखि नै जनकपुरको मुख्य विकेट–टेकरको रुपमा रहेका छन् । स्पीनमा ललित र मिडियम पेसमा किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई सुरूवाती चार खेलमा लगातार जिताउन सहयोग गरे ।

ललितलाई मोहम्मद मोहसिन र हर्श थाकरले स्पीनमा सहयोग गरेका थिए । ललितले एक खेलबाहेक सबैमा विकेट लिएका छन् । एनपिएलमा स्पीनरमध्ये सबैभन्दा अघि र सर्वाधिक विकेट लिनेमा पनि अघि छन् । जनकपुरलाई फाइनल पु¥याउन बलिङबाट राम्रो योगदान दिइरहेका छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशीले सुदूरका स्कट कुगेलेनसङ्गै १६ विकेट लिएर सर्वाधिक विकेट लिनेमा अघि छन् । फाइनलमा कसले धेरै विकेट लिने भन्ने होड पनि कायम छ । यस्तै कारको पुरस्कारमा पनि ललितको दाबेदारी छ ।

उनले अहिलेसम्म ९ खेल खेल्दा एक खेलमा मात्र विकेट लिन सकेनन् । त्यो खेल सुदूरपश्चिम विरुद्ध नै रहेको थियो । लगमा विराटनगर, पोखरा र काठमान्डु विरुदध ३–३ विकेट लिएका ललितले चितवनसँग र क्वालिफायर टु मा कर्णालीसँग समान २ विकेट लिए ।

यस्तै लिगमा कर्णाली र लुम्बिनी सहित क्वालिफायर वानमा सुदूरविरुद्ध समान १ विकेट लिएका थिए । काठमान्डु विरुदध ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।यस्तै कारका अर्का दाबेदारका रुपमा जनकपुर रहेका छन् ।

लिग चरणलाई मात्र खेल्न पाएका रोहितको ब्यक्तिगत प्रदर्शनका रुपमा उनलाई कारको दाबेदारका रुपमा हेरिएको हो । रोहितले रन बनाउने मत्र नभई विकेट लिने समेत काम गरे । उनले दुई अर्धशतक समेत बनाएका छन् । चितवन विरुद्ध एकै खेलमा अर्धशतक र ४ विकेट लिएर प्लेअर अफ दि म्याच बने ।

रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए भने चितवन विरुद्ध ८० रन बनाएका थिए । यस्तै चितवन विरुद्धको जितमा उनले ४ विकेट समेत लिएका थिए । यसैगरी विराटनगर विरुद्ध ४६, जनकपुर विरुद्ध ३५ रन बनाउँदा कर्णाली विरुद्ध १०, काठमान्डौं विरुद्ध ८ र सुदूरपश्चिम विरुद्ध ८ रनमा आउट भएका थिए ।

७ मध्ये ६ खेलमा बलिङ गरेका उनले ४ खेलमा विकेट लिएका थिए । चितवनविरुद्ध ४÷१७ उनको बेस्ट बलिङ प्रदर्शन हो । यस बाहेक एलिमिनेटरबाट बाहिरिएका कुशल मल्ल नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेमा दोस्रोमा छन् ।

उनले एक अर्धशकका साथ २२३ रन बनाएका छन् । यस्तै बलिङमा उत्कृष्ट प्रदर्शन गरेका चिवनकै लेफ्ट आर्म मिडियम पेसर रिजन ढकालले १३ विकेट लिएका छन् । कर्णालीका ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले पनि १३ विकेट लिएका छन् ।

एनपिएलले उद्घाटनदेखि नै हजारौँ दर्शकलाई आकर्षित गर्दै आएको छ । फाइनल खेलमा झन् ठुलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठुलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् जसको छिनोफानो भइसकेको छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

Advertisement

रोमाञ्चक खेलको प्रतीक्षामा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई यो फाइनल खेलले अविस्मरणीय अनुभव दिने निश्चित छ । भोलिको उपाधि भिड्न्त र संभावित कारका विजेता बारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top