×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

१८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग हार्यो बार्सिलोना

७ पुष ,  एजेन्सी ।

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग २–१ गोलअन्तरले पराजित भएपछि बार्सिलोनाले शीर्ष स्थान गुमाएको छ । बार्सिलोनाले पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै सम्भावित २१ मध्ये मात्र पाँच अंक हासिल गरेको छ ।

Advertisement
Advertisement

घरेलु मैदानमा लगातार दुई खेलमा लेगानेस र लास पाल्माससँग हार बेहोरिसकेको बार्सिलोना जसको १८ खेलमा ३८ अंक छ, यो टोली एट्लेटिकोभन्दा तीन अंक ले पछि परेको छ । १८ वर्षपछि घरेलु मैदानमा एट्लेटिकोसँग पहिलो हार बेहोरे पनि प्रशिक्षक फ्लिकले आफ्नो टोलीको प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

उनले जाडोको विश्रामले टोलीलाई पुनः लयमा फर्कन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पहिलो हाफमा बार्सिलोनाले राम्रो प्रदर्शन गरेको थियो । पेड्रीले आधा घण्टामा गाभीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाका थिए ।

तर, बार्सिलोनाले ब्रेक पछि आफ्नो अग्रता बढाउन सकेन । राफिन्हाको चिप क्रस बारमा ठोक्कियो । रोबर्ट लेवान्डोस्कीले पनि ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको खराब प्रहारलाई जान ओब्लाकले बचाएका थिए ।

६०औं मिनेटमा मार्क कासाडोले डिबक्सको किनारामा गरेको खराब क्लियरेन्सको फाइदा उठाउँदै डि पाउलले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । वैकल्पिक खेलाडी सोर्लोथले इन्जुरी समयको ६ मिनेटपछि नाहुएल मोलिनाको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

जितपछि म्याड्रिड लिग तालिकाको पहिलो स्थान उक्लिएको छ । १८ खेलबाट ४१ अङ्क जोडेको एथ्लेटिको पहिलो स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ३८ अङ्क सहित दोस्रो स्थानमा छ ।

यता साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन रोकिएको छैन । सिटी शनिवार एस्टन भिल्लासँग २–१ ले पराजित भएको हो । भिल्ला पार्कमा घरेलु टोलीलाई दिलाउन जोन डुरान र मोर्गन रोजर्सले गोल गरे ।

सिटीका लागि फिल फोडेनले सान्त्वना गोल गरे । सिटीले पछिल्ला १२ खेलमा ९ हार र एक खेलमा मात्र जित निकालेको छ । १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाए । ६५औं मिनेटमा रोजर्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए ।

सिटीका इन्ज्युरी समयमा फोडेनले गोल फर्काएका थिए । तर, त्यो जितका लागि पर्याप्त भएन । जितसँगै भिल्लाको १७ खेलबाट २८ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा २७ अंक रहेको सिटी छैटौं स्थानमा झरेको छ । १५ खेलमा ३६ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

यसबीच चोटमुक्त भएर खेलमा फर्कने प्रयास गरिरहेका ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले भने इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे ।

क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए । सेलह्रस्र्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए ।

गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् । तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता कायम गर्यो ।

६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।

आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४–० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो । यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

Advertisement

इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ । नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top