Nepal Times
Nepal Times
3
Shares

केही दिन देशका विभिन्न ठाउँमा वर्षा

केही दिन देशका विभिन्न ठाउँमा वर्षा

७ पुष , काठमाण्डौ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदली हुने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ ।भोलि भने अझै बढ्ने देखिएको उनले बताइन । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाण्डौसम्म आइपुग्ने उनले जानकारी दिइन् ।

यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाण्डौको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.