×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

यो वर्षको बर्खामा साढे १६ अर्बको विजुली बेचियो

७ पुष २०८१

७ पुष , काठमाण्डौ ।

यो वर्ष अर्थात २०८१ को बर्खामा नेपालबाट भारत र बंगलादेशमा गरी १६ अर्ब ७० करोड आठ लाख बराबरको विद्युत् निर्यात भएको छ । त्यसमध्ये भारतमा मात्रै १६ अर्ब ६९ करोड ६५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

Advertisement
Advertisement

गत वर्ष ०८० को बर्खामा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो । त्यसअनुसार यसपालि बर्खामा विद्युत् निर्यात सामान्य दरमा बढेको छ । प्राधिकरणका अनुसार जेठ र असारमा तीन अर्ब ६४ करोड ५१ लाखको विद्युत् निर्यात भएको छ ।

यसैगरी, साउनमा चार अर्ब १४ करोड ५० लाख, भदौमा तीन अर्ब ६७ करोड ८४ लाख, असोजमा तीन अर्ब ६ करोड ५१ लाख, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा २८ करोड १४ लाखको विद्युत् निर्यात भएको छ ।

यसबाहेक कात्तिक ३० गते बंगलादेशमा ३८ लाखबराबरको विद्युत् निर्यात भएको छ । यो वर्षदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ । बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्यात गर्न पाउने गरी सम्झौता भएको छ ।

यसबाहेक भारतमा भने करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्न पाइन्छ । यसबीच खोलामा पानी घटेर उत्पादनसमेत घटेपछि भारततर्फको विद्युत् निर्यात स्थगित गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।

साथै, स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात पनि सुरु गरेको उनले बताए । ‘उत्पादन घटेसँगै स्वदेशी माग धान्न पुगेको छैन । त्यसपछि भारतबाट विद्युत् आयात पनि गर्न सुरु गरेका छौँ,’ उनले भने, ‘अहिले भारतबाट तीन सय मेगावाटसम्म विद्युत् आयात हुने गरेको छ ।’

प्राधिकरणले गत १३ मंसिरबाट आंशिक रूपमा विद्युत् आयात सुरु गरेको थियो । यद्यपि, निर्यात पनि कायमै थियो । यो सातादेखि भने विद्युत् निर्यात पनि स्थगित गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार मंसिरमा भारतबाट १४ करोड ५१ हजार रुपैयाँको विद्युत् आयात भएको छ ।

भारतले यसपालि ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएको छ । तर, साँझ ६ देखि ९ बजेसम्म भने विद्युत् किन्न पाइँदैन । विद्युत् बढी खपत हुने समयमा भारतले विद्युत् नदिएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रको विद्युत् कटौती कायम हुने प्राधिकरणको भनाइ छ । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत–सम्भार भइरहेको छ ।

विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयको चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणको भनाइ छ । आगामी जेठ मध्यबाट भने नेपाल पुनः विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ । अहिले भारतले साँझ ६ देखि ९ बजेसम्म विद्युत् दिन मानेको छैन ।

अन्य समयमा पनि भारतबाट विद्युत् पाउन मुस्किल भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा बिडिङ गरेर विद्युत् खरिद गर्ने हो । तर, त्यसमा अधिकतम सीमाको मूल्य प्रस्ताव गर्दा पनि विद्युत् पाउन नसकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

‘बिहीबार बिहान पाँच सय मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव गरेका थियौँ । त्यसका लागि अधिकतम मूल्य अर्थात् प्रतियुनिट १० भारु नै प्रस्ताव गरेका थियौँ । तर,हामीले ७० मेगावाट मात्रै विद्युत् पायौँ,’ उनले भने, ‘अहिले उच्च मूल्य प्रस्ताव गर्दा पनि भारतबाट मागअनुसार विद्युत् पाउन सकिएको छैन् । यसले हामीलाई निकै चिन्तित बनाएको छ ।’

पहिला भारतबाट २४ घण्टा नै विद्युत् आयात गर्न पाइन्थ्यो । यद्यपि, प्रसारणलाइन अभावका कारण पूर्वी क्षेत्रका उद्योगमा भने विद्युत् कटौती हुने गरेको थियो । भारतबाट विद्युत् आयात गरेर पूर्वमा विद्युत् पठाउन सक्ने अवस्था थिएन ।

यसपालि प्रसारणलाइन बनिसकेको छ । तर, भारतले पिक समयमा विद्युत् नदिने भएपछि व्यवस्थापनमा निकै चुनौती भएको प्राधिकरणले जानकारी दिएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top