×

NEPAL TIMES UPDATES

Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026

विवेक पंगेनीको न्यूर्योकमा अन्तिम विदाई, एक्ली भइन् र्सिजना

७ पुष २०८१

७ पुष , काठमाण्डौ ।

अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो । नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसीमा उनको दाह संस्कार गरिएको हो ।

विवेक बाबु मीनराज पंगेनीले अन्तिम श्रद्धान्जली दिएका छन् । दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए। अन्तिम श्रद्धान्जलीका क्रममा विवेकी पत्नी सृजना सुवेदी भावविभल बनेकी थिइन ।

 

यो घटनापछि धेरै नेपालीले शोक ब्यक्त गरेका छन् । श्रीमानलाई बचाउन श्रीमती सिर्जनाले गरेको हर प्रयासको उच्च प्रशंशा गरिएको छ । यो घटनाले पंगेनी परिवारलाई मात्रै होइन सारा नेपालीलाई स्तब्ध बनाएको छ सिर्जनको परिवारमा एक पछि अर्को बज्रपात परिरहेको छ ।

 

विद्यावारिधिका लागि अमेरिका छिरेका विवेकलाई २ बर्ष अधि मातृ शोक परेर नेपाल आएका बेला ब्रेन ट्युमर भएको पत्ता लागेको उनका बाबुले जानकारी दिएका छन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा ५ राजपुर मैनापोखरका ५६ वर्षीय मीनराज डेढ वर्षअघि पत्नी शोकमा परेका थिए ।

यस वर्ष चार महिनाको अन्तरालमा उनले दुवै छोरा पालैपालो गुमाएका छन् । कान्छो छोरा विपिनको सवारी दुर्घटनामा गएको भदौमा निधन भएको थियो । श्रीमानको अन्तिम अवस्था भएको खबर बुहारी सिर्जनाले पठाएपछि केही दिनअघि बाबु अमेरिका पुगेका थिए ।

२०७९ सालमा भौतिक शास्त्रमा पीएचडी गर्नलाई फूल स्कलरसीपमा अमेरिका गएका विवेक त्यहाँ पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि श्रीमती सिर्जनालाई लिएर नेपाल आएका थिए ।

आमाको काजक्रिया सकेपश्चात अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा चौथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि निर्धारित दिनमै अमेरिका गएर त्यहाँको अस्पतालमा भर्ना भएका थिए ।

दुईवटा शल्यक्रिया गरेर र ७० प्रतिशत ट्युमर निकालिएको थियो । मीनराज अहिले अमेरिकामा रहदा यता बर्दियामा भने १ वर्षको नाति र कान्छी बुहारी कविता रहेका छन् । विवेकको उपचारका लागि र्सिजनाले सामाजिक सञ्जालबाटै सहायता जुटाएकी थिइन ।

सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे जानकारी दिएपछि उनीहरुका लाखौं शुभचिन्तकले आर्थिक सहयोग गरेका थिए । विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो ।

उनीहरुका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए । उनीहरुबीचको माया र र्सिजनाको समर्पणको उच्च प्रशंसा हुने गरेको छ । सामाजिक सञ्जालमा सक्रिय यो जोडीको संघर्ष र समर्पणले धेरैको मन छोएको थियो।

त्यसैले विवेकको निधनले परिवार र शुभचिन्तकहरूमा ठूलो शोक छाएको छ। विवेकले सधैका लागि छाडेर गएपछि र्सिजनामाथि खसेको पहाड कल्पना भन्दा ठूलो छ । यसअघि विवेक अस्पतालमा उपचाररत रहेका बेला श्रीमानको सैया अगाडी बसेर सिर्जनाले लेखेका यी शब्दहरूले धेरैलाई भावुक बनाइरहेको छ ।

उनले लेखेकी थिइन, ‘भगवान् सँग कहिले गुनासो गरिन, तर अब सोध्नु छ कि किन एक माथि अर्को पिडा किन हामीलाई ? कहिले काहीँ पिडा शब्दमा लेखेर न सकिने रहेछ, आफूलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छेलाई पिडामा देख्नु हुने रहेछ, सात जुनी सँगै काट्ने सपना देखेको मान्छे, मेरो लागी दुनियाँ सँग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैँले, सबैको भलो सोच्ने सबैको दुःख मा रुने मान्छे आज लाचार देखेको छु, पछिल्लो ८ वर्ष मा हामीले एक अर्कालाई गरिएका वाचा, सँगै देखेका हजारौँ सपना आँखा अगाडी आइपुग्छन्, किन उसलाई यो सब भयो मलाई भएको भए म सहन सक्ने थिए’ यो शब्द विवेकको उपचारका क्रममा सिर्जनाले लेखेकी थिइन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top