×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

कीर्तिपुर नपुगेका ओलीले बालुवाटारमा एनपिएलको ट्रफी उचाले

७ पुष २०८१

७ पुष , काठमाण्डौ ।

पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टस्ले उचालेको छ। पहिलो च्याम्पियन बनेकोमा जनपुरलाई सबैले बधाई दिइरहेका छन् भने दुई पटक पराजित गरेको जनकपुरविरुद्ध उपाधि भिड्न्तमा पराजित हुन पुगेको सुदूरपश्चिम रोयललाई शान्त्वना दिइरहेका छन् ।

Advertisement
Advertisement

तर एनपिएलको खेलका दौरान जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाइएको भन्दै सामाजिक संजालमा मधेसमाथि नश्लीय र साम्प्रादायिक व्यवहार भएको भन्दै सामाजिक संजाल तातेको छ।

यो प्रकरणमा नेताहरुले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । त्यस्ता नाराजुशुल लगानेविरुद्ध कारबाही गर्न मधेशी आयोगले गृह प्रशासनलाई सिफारिस गरेको छ। पुस ४ गते भएको खेलमा एउटा उदण्ड र अराजक समूहले जनकपुर बोल्टसप्रति देखाएका नश्लीय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै पनि तवरले अग्राह्य रहेको ठम्याइ आयोगको छ।

‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टीएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ। कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता–संस्कृति–प्रथा–परम्परा–सोच–व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ,’ आयोगले विज्ञप्ति निकालेर भनेको छ।

संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ।

अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ। एनपिएलमा जनकपुरका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाए।

जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको छ,’ आयोगले भनेको छ। तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ। यही प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कारबाहीको माग गरेका छन् ।

सामाजिक संजालमार्फत गगनले भनेका छन्, जनकपुर बोल्टस्का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।

सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। नो इफ नो बट । यस्तै जनमत पार्टीका संयोजक सिके राउतले जनकपुर बोल्टसले जित हासिल गरेपछि युवाको दुवै हात भाचिने गरी गरिएको आक्रमणको भत्र्सना गरेका छन् ।

यो आक्रमणलाई राजनीतिक आन्दोलनप्रति जोड्नु पर्नेमा जोड दिँदै उनले मधेसी समुदायलाई रंगभेदविरुद्धको एकताका लागि आह्वान गरेका छन् । सामाजिक संजालमार्फत उनले भनेका छन्, कुटाइ खाए पछि, धोती मर्सिया शिसीबोतल गाली पाए पछि मात्रै याद आउँछ राज्यको नश्लवाद र रंगभेद? नेपालका शासक र राज्य कति नश्लीय छ, कति रंगभेदी छ भनेर हामीले विगत दशकमा बुझाउँदै आएका छौं र त्यसको विरूद्ध संघर्ष पनि गर्दै आएका छौं। मंसीर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरिएको ’रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसद्मा रंगभेदी विभेद गर्ने विरूद्ध कानून ल्याउन दर्ता गरिएको संकल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा संघर्ष गर्दै आएको छ। जहाँ संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय छ, त्यहाँ संघर्ष एउटा पार्टीले गर्दैमा पुग्दैन। अधिकार र आत्मसम्मान कसैले दिएर पाइने होइन, आफैंले संघर्ष गरेर विजय हासिल गरेरै लिने हो जसरी जनकपुर बोल्ट्सले विजय हासिल गर्दै एनपिएल जितेको छ। त्यसको लागि राजनैतिक चेतना चाहिन्छ, राजनैतिक अग्रसरता चाहिन्छ, एकता चाहिन्छ, आन्दोलन चाहिन्छ।

उनले थ पभनेका छन्, तर अचेलका युवा पिढीमा जानेरै शासकले के भरिदिएको छ ’तिम्रो नेता खराब÷राजनीति खराब÷आफू कमाएर खाने अरूलाई किन मान्ने ?’ आदि। र युवाहरू पनि टिकटिक र रिल बनाउँदै, खेलमा भूल्दै, र अन्तिममा फ्री भिजा खोज्दै विदेश जान्छन्।

उनले आफूहरुको राजनीतिक आन्दोलनमा साथ नदिइएको गुनासो समेत गरेका छन् । अक्षरा सिंहको कार्यक्रम राख्यो भने लाखौं युवा ओर्लिन्छन्, क्रिकेटको खेल हेर्न पैसा तिरेर लाखौं आउँछन्, तर राजनैतिक अधिकारको लागि यही काठमाडौंमा नै कार्यक्रम राख्यो भने २०–३० जना आउने गर्छन्।

अनि भन्छन् रंगभेद भयो, सम्मान भएन, अधिकार पाइएन। उनले भनेका छन् । उनले अधिकार र आत्मसम्मान पाउनका लागि लड्नु पर्ने, संघर्ष गर्नुपर्ने, शासकसँग खोसेर विजय हासिल गर्नु पर्ने बताएका छन् ।

यसैबीच एनपिएलको फाइनलमा कीर्तिपुर नपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई सम्मान गरेका छन् । आइतबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले टिम क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिए । विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “तपाईंहरू हिरो हो । नायक र महानायक हो । म तपार्ईंहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ । आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान गरिएको उनले सुनाए । सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका निम्ति गर्नुपर्ने प्रयास निरन्तर हुने उनले अवगत गराए। विदेशी खेलाडी नेपाल आउँदा र यहाँको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने बताए ।

Advertisement

सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको विजय हासिल गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top