NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants बुधबार माघ ७ , २०८२
1xBet Application Down load APK for Android & ios, Current Version 2025 बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग बुधबार माघ ७ , २०८२
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

सम्पत्ति शुद्दीकरणमा कसरी जोडिइन् निकिता ? सम्पत्ति जफत गर्न माग

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
रवि र निकितासँग कति छ सम्पत्ति ?२९ करोड कारोबार के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष , काठमाण्डौ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको बताएकी छन् । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

LS Auto

कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामा छविलाल जोशीकी पत्नी पदमा बन्जाडे र छोरा रोचक जोशी तथा जीबी राई निकट मानिएकी लिला पछाईँ र उनकी आमा राधा पछाईँ छन् । उनीहरुलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रुपमा त्यही सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।

रविविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता गरिएकोछ ।

दोस्रो पटक शक्तिशाली गृह मन्त्रालयको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्री बनेपछि गत वैशाख ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा रविले आफूसँग केबल १ लाख १० हजार रुपैयाँ बचत रहेको जनाएका थिए ।

लामिछानेले वैशाखमा पेस गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रुपैयाँ बचत रहेको र त्यो तलब र पारिश्रमिकबाट आर्जन गरेको देखाएका थिए ।

लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना पैतृक सम्पत्तिबाहेक सबै सम्पत्ति श्रीमती निकिता पौडेलको नाममा रहेको विवरण गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसअघि पौडेलले रविमाथिको अनुसन्धानका क्रममा आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति आपत्ति जनाएकी थिइन । उनले प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी थिइन ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् । गत जेठमा तत्कालीन उपप्रधानमन्त्री रविले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ।

उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख थियो । निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ। निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ।

चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ। निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

यसअघि रविमाथिको अनुसन्धान जारी रही प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको अवस्थामा रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार रहेको भन्ने आशयका खबरहरु बाहिरिएका थिए ।

अहिले अनुसन्धानको क्रममा लामिछाने र उनको फाउन्डेसनबाट पत्नी निकिताको खातामा पैसा ट्रान्सफर गरेको पाइएपछि पत्नी निकिताविरुद्ध पनि मुद्दा चलाइएको बताइएको छ । यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।

यता रविविरुद्ध फरक–फरक तीन कसुरमा मुद्दा दायर भएपछि उनको प्रतिनिधि सभा सदस्य पद के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रतिनिधि सभा सञ्चालन नियमावली २०७९ को २४८ को उपनियम ३ मा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

संघीय संसद् सचिवालयका अनुशार लामिछानेविरुद्ध मुद्दा दायर भएकोमात्र भएको र उनी पुर्पक्षको लागि थुनामा रहेको वा थुनामा नबसी फरार नभएको अवस्था रहेकाले उनको सांसद पद अहिले नै निलम्बन हुँदैन

Tags: #सम्पत्ति शुद्दीकरण#सम्पत्ति शुद्दीकरणमा निकिता ?#सम्पत्ति जफत गर्न माग

लोकप्रीय

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

विचार

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग
समाज

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Pariez sur les meilleurs jeux de tennis en ligne pour enfants

बुधबार माघ ७ , २०८२

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.