सम्पत्ति शुद्दीकरणमा कसरी जोडिइन् निकिता ? सम्पत्ति जफत गर्न माग

६ पुस ८१, आइतबार

७ पुष , काठमाण्डौ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको बताएकी छन् । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

Advertisement

कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामा छविलाल जोशीकी पत्नी पदमा बन्जाडे र छोरा रोचक जोशी तथा जीबी राई निकट मानिएकी लिला पछाईँ र उनकी आमा राधा पछाईँ छन् । उनीहरुलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रुपमा त्यही सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।

Advertisement

रविविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता गरिएकोछ ।

दोस्रो पटक शक्तिशाली गृह मन्त्रालयको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्री बनेपछि गत वैशाख ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा रविले आफूसँग केबल १ लाख १० हजार रुपैयाँ बचत रहेको जनाएका थिए ।

लामिछानेले वैशाखमा पेस गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रुपैयाँ बचत रहेको र त्यो तलब र पारिश्रमिकबाट आर्जन गरेको देखाएका थिए ।

लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना पैतृक सम्पत्तिबाहेक सबै सम्पत्ति श्रीमती निकिता पौडेलको नाममा रहेको विवरण गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसअघि पौडेलले रविमाथिको अनुसन्धानका क्रममा आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति आपत्ति जनाएकी थिइन । उनले प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको आरोप लगाएकी थिइन ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् । गत जेठमा तत्कालीन उपप्रधानमन्त्री रविले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ।

उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख थियो । निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ। निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको छ।

चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको पनि उल्लेख छ। निकिताको नाममा ४२ लाख रुपैयाँमा कार २०७९ सालमा किनेको उल्लेख छ। निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ।

यसअघि रविमाथिको अनुसन्धान जारी रही प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको अवस्थामा रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार रहेको भन्ने आशयका खबरहरु बाहिरिएका थिए ।

अहिले अनुसन्धानको क्रममा लामिछाने र उनको फाउन्डेसनबाट पत्नी निकिताको खातामा पैसा ट्रान्सफर गरेको पाइएपछि पत्नी निकिताविरुद्ध पनि मुद्दा चलाइएको बताइएको छ । यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।

यता रविविरुद्ध फरक–फरक तीन कसुरमा मुद्दा दायर भएपछि उनको प्रतिनिधि सभा सदस्य पद के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रतिनिधि सभा सञ्चालन नियमावली २०७९ को २४८ को उपनियम ३ मा भनिएको छ, ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’

संघीय संसद् सचिवालयका अनुशार लामिछानेविरुद्ध मुद्दा दायर भएकोमात्र भएको र उनी पुर्पक्षको लागि थुनामा रहेको वा थुनामा नबसी फरार नभएको अवस्था रहेकाले उनको सांसद पद अहिले नै निलम्बन हुँदैन

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top